व्यास नगरपालिकाद्वारा प्रहरी विट हस्तान्तरण

भञ्ज्याङ समाचारदाता/दमौली

पृथ्वी राजमार्ग अन्तरगत तनहुँको व्यास-४ स्थित भोर्लेटारचोकमा व्यास नगरपालिकाले निर्माण गरेको प्रहरी विट जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गरिएको छ । नगरपालिकाले आइतबार एक कार्यक्रमको आयोजना गरी जिल्ला प्रहरी कार्यालयलाई प्रहरी विट हस्तान्तरण गरेको हो ।

नगरप्रमुख वैकुण्ठ न्यौपानेले जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक अरुण पौडेललाई प्रहरी विटको चाबी हस्तान्तरण गर्दै समाजमा शान्ति सुरक्षा कायम गर्ने सवालमा व्यास नगरपालिका प्रहरीको साथमा रहेको बताए ।

नागरीक स्तरका निकाय र सुरक्षा निकाय एकसाथ मिलेर सहकार्य गरेमा समाजमा शान्ति सुरक्षा कायम गर्न सफलता मिल्ने नगर प्रमुख न्यौपानेले बताए । प्रहरी उपरीक्षक पौडेलले ट्राफिक व्यवस्थापन, प्रहरी भवन निर्माण सिसिटिभि मर्मत लगायतका धेरै विषयमा व्यास नगरपालिकाको उल्लेख्य सहयोग रहेको चर्चा गर्दै आगामि दिनमा यस्ता सहयोगको निरन्तरता दिन अनुरोध गरे । व्यास नगरपालिकाको करिब १ लाख रुपैयाँको लागतमा उक्त प्रहरी विट निर्माण गरिएको व्यास नगरपालिकाले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker