विश्व सम्पदा दिवसमा तनहुँसुर (फोटोफिचर)
भञ्ज्याङ न्यूज

विश्व सम्पदा दिवसका अवसरमा ऐतिहासिक स्थल तनहुँसुरमा सम्पदाको महत्वका विषयमा चर्चा गरिएको छ । भानु शान्ति निकुञ्ज वृहत गुरु योजना कार्यान्वयन समितिको आयोजना तथा व्यास नगरपालिका, उर्जा तथा वातावरण नेपालको सहयोग र सम्पदा नेपालको समन्वयमा तनहुँसुरुमा विविध कार्यक्रमहरु गरिएको छ ।
दिवसका अवसरमा तनहुँसुरको गद्दीचौतारीमा उपस्थित भई स्थानीय विभिन्न संघ संस्था तथा सरोकारवालाहरुको सहभागितामा दरबार परिसर, तनहुँसुरगढी, सहित पार्क, गद्दीचौतारी र धान गोदाम क्षेत्रमा सरसफाई गरिएको थियो ।
दरबार परिसरमा विश्व सम्पदा दिवस के ? किन ? कहिले ? र कसरी ? भन्ने विषयमा अन्तरक्रिया गरिएको सम्पदा नेपालका अध्यक्ष हरिसिं गुरुङले बताए ।
उक्त कार्यक्रममा संविधानसभा सदस्य रामचन्द्र पोख्रेलले तनहुँसुर ऐतिहासिक स्थल भएको हुँदा यहाँका सम्पदाहरुको संरक्षण तथा प्रवर्द्धन गरी पर्यटकीय गतिविधि मार्फ उजाडिएको तनहुँसुरलाई पुन चलायमान बनाउन स्थानीयको भूमिका महत्वपूर्ण हुने चर्चा गरेका थिए ।
सम्पदा दिवसका अवसरमा व्यास नगरपालिका-११ तनहुँसुरका सहिद सन्तचन्द्र टोल विकास संस्था, कालिका भगवती टोल विकास संस्था, तनहुँसुर देवस्थल सामुदायिक होमस्टे व्यवस्थापन समिति, तनहुँसुर सामुदायिक होमस्टे व्यवस्थापन समिति, भानु शान्ति निकुञ्ज विकास समिति, स्थानीय विदालय, यूवा क्लव, आमा समूह एवं वन र खानेपानी उपभोक्ता संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागितामा सम्पदाको महत्व र यसको संरक्षणका विषयमा चर्चा गरिएको थियो ।
तस्विर सौजन्य : हरिसिं गुरुङ/भञ्ज्याङ