तनहुँको बन्दिपुर-४ स्थित विमलनगरबाट यातायात कार्यालयको सेवा सुरु

भञ्ज्याङ समाचारदाता/डुम्रे

भौतिक, पूर्वाधार, शहरी विकास तथा यातायात ब्यवस्था मन्त्रालय गण्डकी प्रदेश अन्तरगत यातायात ब्यवस्था कार्यालय तनहुँले बुधबारबाट तनहुँको बन्दिपुर गाउँपालिका-४ को बिमलनगरबाट सेवा सुरु गरेको छ । डुम्रेको चिसापानीबाट सेवा दिँदै आएको कार्यालयले बुधबारबाट विमलनगरबाट सेवा सुरु गरेको हो ।

कार्यालयले यहि जेठ २५ गते बाटै सवारी साधनको दर्ता गर्न सुरु गरेको भएपनि हालसम्म दर्ताका लागि सेवाग्राही नआएको यातायात व्यवस्था कार्यालय बिमलनगरका प्रमुख विष्णुबहादुर क्षेत्रीले बताए । कार्यालयले असार अन्तिम साता वा श्रावण १ गतेदेखि ट्रायल लिने र पास भएकाहरुलाई लाइसेन्स वितरण गर्ने तयारी समेत गरिएको छ ।

आगामी असार २० गतेपछि अनलाईन फाराम भर्ने ब्यवस्था मिलाईने र कार्यालयबाट दुइ पांग्रे र चार पांग्रे साना सवारीको ट्रायल लिने र पास भएकाहरुलाई लाइसेन्स वितरण गर्ने तयारी गरेको छ । लाईसेन्स नविकरण पनि सम्भव भए असारबाट नभए श्रावणबाट सुरु गरिने भएको छ ।

यो कार्यालयले लाइसेन्स वितरण, नवीकरण, बिलबुक नवीकरण सेवा सुरु भएपछि तनहुँ, लमजुङ, गोरखा, मनाङका बासिन्दाले पोखरा, चितवन र काठमाडौं धाउनु पर्ने बाध्यता हट्नेछ । कार्यालयले विमलनगरबाट सेवा प्रवाहका लागि एक घर पाँच वर्षका लागि भाडामा लिएको छ ।

डुम्रेस्थित कार्यालयबाट बिलबुक नवीकरण मात्रै हुँदै आएकामा सवारी साधन दर्ता सुरु भइसकेको र सवारी चालक अनुमति (लाइसेन्स) वितरण कार्य सुरु गर्ने तयारी गरिएको कार्यालय प्रमुख केसीले जानकारी दिए ।

जिल्लाबाटै सवारी साधन दर्ता हुने भएपछि सवारी साधन दर्ताका लागि पोखरा जानुपर्ने बाध्यताको अन्त्य हुने भएको छ । यो कार्यले तनहुँ मात्र नभई गोरखा, लमजुङका र्सवसाधारणलाई पनि सहज हुनेछ । सवारी साधन दर्ताका लागि भने हालसम्म कोही पनि नआएको उनले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker