रक्तदान कार्यक्रममा १०२ युनिट रगत संकलन

भञ्ज्याङ समाचारदाता/दुलेगौंडा

तनहुँको शुक्लागण्डकी नगरपालिकामा आइतबार आयोजना गरिएको रक्तदानमा १०२ युनिट रगत संकलन गरिएको छ । हाम्रो दलित समाजले आयोजना गरेको बृहत रक्तदान कार्यक्रममा १०२ जनाले रक्तदान गरेका छन् ।

जातीय रुपमा हुने विभेद तथा छुवाछुतको अन्त्य गर्ने उद्देश्य सहित आयोजित कार्यक्रममा दलित र गैरदलित समुदायका ब्यक्तिहरुले सामुहिक रुपमा जम्मा भएर रक्तदान गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी कास्की र रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डितले संविधानमा लेखिएर मात्र समाजमा जातीय विभेद हट्न नसक्ने भएकाले व्यवहारिक लडाइ लड्नुपर्ने आवश्यकता रहेको बताए ।

कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका निवर्तमान उपप्रमुख एवं दलित अभियन्ता सविता रसाइलीले अझै पनि दलित समुदायले न्यायपूर्ण जीवन बाँच्न नपाएको गुनासो गरिन । राज्य सत्ता व्यवहारिक रुपमा दलितको न्यायका लागि सकरात्मक बन्न नसक्दा जातकै कारण मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य हुन नसकेको उनले बताइन् ।

नेपाल रेडक्रस सोसाइटी कास्कीका प्रमुख अर्जुन ज्ञवालीले दलित रक्तदान कार्यक्रमले दलित आन्दोलन सफल पार्न महत्वपूर्ण भूमिका खेलेको बताए । ‘दलित समुदायको रगत जुनसुकै वर्ग समुदायका मानिसमा बगिरहेको हुन्छ’, उनले भने, ‘फेरी किन यो र त्यो बहानामा विभेद गर्नु ? रगत चलिसक्यो पानीमा किन अल्झने ?’

भरत लामगादेको संयोजकत्वमा आयोजित कार्यक्रममा प्रकाश विक, जौमाया बराल सुनार लगायतका वक्ताहरुले विभेदका लागि सबैको हातेमालो आवश्यक रहेकोमा जोड दिए । नेपालमा रहेको दलित समुदायले प्रत्येक जेठ २१ गते जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस विशेष कार्यक्रम सहित मनाउदै आएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker