निर्वाचन क्षेत्र पूर्वाधार आयोजनाहरुको अनुगमन

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँ चालु आर्थिक वर्षमा संचालित निर्वाचन क्षेत्र पूर्वाधार विकास आयोजनाहरुको अनुगमन गरिएको छ । अनुगमन समितिका संयोजक गण्डकी प्रदेश सभा सदस्य सरिता गुरुङको नेतृत्वमा जिल्ला समन्वय समितिको टोलीले विभिन्न आयोजनाहरुको अनुगमन निरीक्षण गरेको छ । टोलीमा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, सदस्य एवं प्रवक्ता गल गुरुङसँगै स्थानीय तहका उपप्रमुख, प्राविधिक तथा उपभोक्ताको सहभागीमा टोलीले आँबुखैरेनी, बन्दीपुर गाउँपालिका तथा व्यास नगरपालिकामा निर्मित आयोजनाको अनुगमन गरेको छ ।

अनुगमन क्रममा अधिकांशमा आयोजनाहरुको काम सन्तोषजक भएको जिल्ला समन्वय समिति तनहुँका प्रवक्ता गल गुरुङले बताए । टोलीले आँबुखैरेनीका अल स्टार क्लब भवन, ढकालटार चक्रपथ नाला निर्माण तथा बन्दिपुरको भुँडाटार खानेपानी योजना, बन्दीपुरको महिला विकास बहुउद्देश्यीय सहकारी भवन, गिरन्चौर खेलमैदान र निर्माणाधीन पातलेद्वार राम सीता मन्दिरको कार्य प्रगतिको निरीक्षण गरेको थियो ।

यस्तै, टोलीले व्यास-१ का पहेलेकुवा मोटर मार्ग र चारकुने मोटर मार्गको समेत अनुगमन गरेको थियो । अनुगमनका क्रममा काम सम्पन्न भएका ती योजनाका बारेमा सांसद तथा समन्वय पदाधिकारीले जिज्ञासा राखेका थिए । समग्रमा अधिकांशमा सन्तोषजनक काम पाएको समन्वय प्रवक्ता गुरुङले बताए । कोभिडका समयमा पनि अधिकांशमा कार्य प्रगति अधिक पाइएको उनले बताए । बन्दिपुरको गिरानचौर खेल मैदान भने वर्षाले भासिएको प्रवक्ता गुरुङले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker