दमौली पाटन महोत्सव सकियो : ७० हजार दर्शकले अवलोकन गरेको आयोजकको दाबी

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास-५ पाटनमा पाटन युवा क्लवले सञ्चालन गरेको प्रथम दमौली पाटन सांस्कृतिक एवं पर्यटन महोत्सव ७० हजार दर्शकले अवलोकन गरेको आयोजकले दाबी गरेको छ । महोत्सव अवधिभरमा ६५ लाख रुपैयाँ बराबरको आर्थिक कारोबार भएको क्लबका अध्यक्ष अमर थापाले बताए । महोत्सव सोचे भन्दा बढी सफल भएको दावी गर्दै महोत्सव सम्पन्न गर्न सहयोग पुर्‍याउने सबैलाई महोत्सवका संयोजक पवन चुमी थापा मगरले धन्यवाद व्यक्त गरेका छन् ।

राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साँस्कृतिक प्रस्तुती, वैदेशिक रोजगार प्रबर्द्धन सम्बन्धी परामर्श, निःशुल्क स्वास्थ्य शिविर, न्यानो कपडा, होटल, भाडा, ढाका कपडा र रमाइलो मेला महोत्सवको आकर्षण बनेको प्रचारप्रसार समितिका संयोजक अर्जुनकुमार श्रेष्ठले बताए । विज्ञान प्रदर्शनी, सिताके च्याउ, बोटे जातिको परम्परागत घर, च्याउको मःमः दर्शकको रोजाइ बनेको सचिवालय संयोजक दिनेश लामिछानेले बताए ।

यस्तै, महोत्सवको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले आइतबार एक कार्यक्रमका बीच समापन गरेका छन् । उनले मेला महोत्सवले आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक क्षेत्रको विकासमा टेवा पुर्‍याउने बताए । व्यास र पराशर मानुङकोट र पाटनको सम्बन्ध महोत्सवले बढाएको उनले चर्चा गरे । नगरपालिकाले व्यास, पराशरमा आन्तरिक पर्यटन प्रबर्द्धन गर्न यस वर्षव्यास झुलाका लागि ५० लाख विनियोजित गरेको बताउँदै नगरप्रमुख न्यौपानले पाटनबाट मानुङ जोड्ने गरी फाइभ स्टार होटल सहित केबलकार संचालनका लागि ४ अर्ब रुपैयाँको प्रस्ताव कम्पनीहरुबाट पेश गरिएको समेत बताए ।

व्यास नगरपालिका क्षेत्रभित्रको पर्यटन प्रबर्द्धनका लागि यस महोत्सवले ढोका खुलेको वडा नं. ५ का अध्यक्ष मोहनकुमार श्रेष्ठले बताए । प्रचारप्रसारको अभावले ओझेलमा परेको व्यास परासर क्षेत्रलाई प्रवर्द्धनमा माहोत्सवले महत्वपूर्ण भूमिका खेलेको उनले बताए । महोत्सव समापन कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति तनहुँकी अध्यक्ष बुसन्धार घर्ती, महोत्सवका संयोजक पवन चुमी थापा मगर, पाटन युवा क्लबका अध्यक्ष अमर थापा, नन्दु थापा मगर लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker