नेपाल पत्रकार महासंघ तनहुँको अध्यक्षमा अधिकारी निर्वाचित

दमौली । नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनको शुक्रबार भएको निर्वाचनमा तनहुँ शाखाको अध्यक्षमा अध्यक्षमा धनपति अधिकारी निर्वाचित भएका छन् । अधिवेशन अन्तर्गत भएको निर्वाचनबाट ३३ मत प्राप्त गरी अध्यक्षमा अधिकारी विजयी भएका हुन् ।

प्रेस चौतारी नेपालले गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै विद्रोही उम्मेदवार बनेका उनका प्रतिस्पर्धी नारायण खड्काले ११ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले जानकारी दिए ।

यस्तै, तनहुँ शाखाको खुल्ला उपाध्यक्षमा प्रताप रानाले ३० मत प्राप्त गरी निर्वाचित भएका छने भने उनका प्रतिस्पर्धी प्रेस सेन्टरका सानेबहादुर नेपालीले ११ मत प्राप्त गरेका थिए ।

प्रेस चौतारीका कृष्णचन्द्र न्यौपाने २६ मत प्राप्त गरी निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी प्रेस सेन्टरकी अस्मिता खनालले १६ मत प्राप्त गरेकी छन् ।

सहसचिव खुल्लामा प्रेस चौतारीका ऋषिकान्त दुवाडी ३० मत प्राप्त गरी निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी प्रेस सेन्टरका विनोद ढुङ्गानाले १३ मत प्राप्त गरेका थिए ।

प्रेस चौतारी र प्रेस युनियनको संयुक्त गठबन्ध र अन्य संघ संगठनका बीच भएको चुनावी प्रतिस्पर्धामा महासंघ तनहुँको महिला उपाध्यक्षमा सम्झना रसाइली, सहसचिव समावेशीमा किरण श्रेष्ठ, कोषाध्यक्षमा पूर्णबहादुर विश्वकर्मा, महिला सदस्यमा सुनिता आचार्य, सदस्य दलितमा मुना कालिराज विके, सदस्य आदिवासी जनजातिमा चित्र गुरुङ, सदस्य अन्य समावेशीमा रामशरण नेपाली निर्विरोध निर्वाचित भएका थिए ।

यस्तै खुल्ला सदस्यका लागि भएको निर्वाचनमा विकास खनालले ४१ मत, विष्णु गौतमले ३६ मत, उपेन्द्र खनालले ३५ मत र राजेश्वर हड्खले ३० मत प्राप्त गरी विजयी भएका छन् भने अर्का प्रतिस्पर्धी अशोक विश्वकर्माले ११ मत प्राप्त गरेका थिए ।

संघीय परिषद् सदस्य खुल्लमा प्रदीप काफ्ले, संघीय परिषद् सदस्य समावेशीमा राजकुमार श्रेष्ठ (विवि), प्रदेश परिषद् सदस्य खुल्लामा शंकरराज नहर्की, प्रदेश परिषद् सदस्य समावेशीमा मिला दरै, प्रदेश परिषद् सदस्य (महिला)मा सुनिता थापा निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता वाग्लेले जानकारी दिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker