बाढीपहिरोले भिमादका ३५ खानेपानी आयोजनामा क्षति

भिमाद : तनहुँको भिमाद नगरपालिका क्षेत्रमा यस वर्षको बाढी र पहिरोले ३५ बढी खानेपानीमा क्षति पु¥याएको छ । गत असार, साउन र असोजमा आएको बाढी र पहिरोले साना ठूला गरी उक्त खानेपानी योजनामा क्षति बनाएको हो ।
नगरपालिकाले खानेपानी क्षेत्रमा विनियोजन गरेको करिब रु ५० लाख बजेटले नधानेपछि विकास निर्माणको बजेट खर्च गर्नुपरेको भिमादका नगरप्रमुख दधिराज सुवेदीले जानकारी दिए । उनले भने, “कार्यपालिका बैठकबाट निर्णय गरी विकास बजेटबाट खानेपानी योजना मर्मतसम्भारका लागि खर्च गरिएको छ ।”
“विकास निर्माणको करिब रु २५ लाख खर्च गरिएको छ”, उनले भने, “खानेपानी संवेदनशील भएकाले खानेपानी योजना मर्मतसम्भार कार्यलाई प्राथामिकता दिइएको छ ।” उपभोक्तामार्फत नगरपालिकामा निवेदन आएपछि प्राविधिकले लागत अनुमान गरी अनुगमनपश्चात् मर्मतसम्भार कार्य गर्ने गरिएको नगरप्रमुख सुवेदीले बताए । “नगरपालिकामा अहिले पनि चार÷पाँचवटा खानेपानी योजनाका निवेदन परेको छ”, उनले भने, “प्राविधिक खटाएर लागत अनुमानपश्चात् मर्मतसम्भारका कार्य अघि बढाउँछौ, अधिकांश योजनाको मर्मत कार्य भइसकेको छ ।”
जिल्लाका अन्य पालिकाको तुलनामा असार र साउनमा आएको बाढी र पहिरोले भिमाद नगरपालिका क्षेत्रमा धेरै क्षति बनाएको आकलन गरिएको नगरप्रमुख सुवेदीले बताए। ठूला खानेपानी योजनामा रु आठ लाखदेखि १० लाख खर्च आइरहेको नगरपालिकाले जनाएको छ ।
“विकास निर्माणका भौतिक संरचना आउँदो वर्ष गरौँला”, नगरप्रमुख सुवेदीले भने, “नागरिकलाई खानेपानीबाट वञ्चित गर्नु हुँदैन भनेर नगरपालिका सक्रिय रूपमा लागिपरेको छ ।”
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker