गण्डकी प्रदेशका कास्की र स्याङ्जा सहित मुलुकका १४ जिल्लामा बढ्यो कोरोना संक्रमण

पछिल्लो दुई सातामा काठमाडौंसहित १४ जिल्लामा कोरोना संक्रमण बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले बागमती प्रदेशको काठमाडौं र चितवन लगायत १४ जिल्लामा कोरोना संक्रमण बढेको बताए ।

प्रदेश १ को इलाम, खोटाङ, झापा र धनकुटा, गण्डकी प्रदेशमा कास्की र स्याङ्जा, लुम्बिनी प्रदेशको प्युठान, कर्णाली प्रदेशको डोल्पा र मुगु तथा सुदूरपश्चिम प्रदेशको कञ्चनपुर, बझाङ र बाजुरामा संक्रमण बढेको छ ।

विशेषगरी निषेधाज्ञाको केही प्रावधानहरुमा खुकुलो गरिएसँगै संक्रमण बढेको हुन सक्ने उनले बताए । ‘जिल्ला जिल्लामा कोरोना संक्रमणको अवस्था हेरेर स्थानीय प्रशासनहरुले केही दिनयता निषेधाज्ञा खुकुलो पारेका छन् । तर जोखिम भने कायमै छ । त्यसैले सबै नागरिकले जनस्वास्थ्यको मापदण्ड पालना गर्ने कतव्र्य नभुलौं’ डा. पौडेलले भने ।

पछिल्लो २४ घण्टाको तथ्यांकलाई हेर्दा झण्डै ५ जनाको आरटी–पीसीआर गर्दा १ जनामा संक्रमण पुष्टि भएको डा. पौडेलले बताए । ‘पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५,५३५ परीक्षण गरिएकोमा १,२३७ जनामा संक्रमण पुष्टि भएको छ । प्रतिशतको हिसाबमा यो संक्रमण दर २२.३ प्रतिशत हो’ डा. पौडेलले भने । पछिल्लो २४ घण्टामा ३,६८३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो, जसमध्ये ५९४ जनामा संक्रमण पुष्टि भएको छ ।

देशभित्रको अवस्था हेर्ने हो भने कर्णाली प्रदेशमा ४५ जनाको आरटी–पीसीआर गर्दा १६ जनामा संक्रमण देखिएको छ । ‘संख्यात्मक हिसाबमा यो कम परीक्षण हो । तर प्रतिशतको हिसाबमा संक्रमण दर (३५.५६ प्रतिशत) बढी छ’ डा. पौडेलले भने ।

कर्णालीपछि गण्डकी प्रदेशमा संक्रमण दर बढ्दो छ । कर्णालीमा ४३३ जनाको पीसीआर परीक्षण गर्दा १४७ मा संक्रमण पुष्टि भएको छ । प्रतिशतको हिसाबमा संक्रमण दर ३३.९५ प्रतिशत हो ।

प्रदेश १ मा ५९१ जनाको पीसीआर परीक्षण गरिएकोमा १८८ (३१.८१ प्रतिशत) जनामा संक्रमण पुष्टि भएको छ । यस्तै प्रदेश २ मा ८६ जनाको पीसीआर गर्दा ८ जना (९.३० प्रतिशत)मा संक्रमण देखिएको छ । अन्य प्रदेशको तुलनामा प्रदेश १ मा संक्रमित पुष्टि हुने दर कम छ ।

बागमती प्रदेशमा ३,४२२ जनाको परीक्षण गर्दा ६९८ जना (२०.३९ प्रतिशत) मा संक्रमण देखिएको छ भने लुम्बिनीमा ६४९ नमुना परीक्षण गर्दा ९१ जना (१४.०२ प्रतिशत) र सुदूरपश्चिममा ३०९ नमुना परीक्षण गर्दा ८९ जना (२८.८० प्रतिशत) मा संक्रमण पुष्टि भएको छ ।

कुन–कुन जिल्लामा छन् ५०० भन्दाबढी सक्रिय संक्रमित ?

मन्त्रालयका अनुसार ५०० भन्दा बढी सक्रिय संक्रमित रहेको जिल्ला क्रमशः घट्दो क्रममा छ । मन्त्रालयको तथ्यांक अनुसार आइतबारसम्म ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला ९ वटा छन् ।

प्रदेश १ कोे मोरङ, सुनसरी र झापा, बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर र चितवन तथा गण्डकी प्रदेशको कास्की जिल्ला ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला हुन् ।

कुन–कुन जिल्लामा छन् २०० भन्दाबढी सक्रिय संक्रमित ?

आइतबारसम्म २०० भन्दा माथि र ५०० भन्दा तल सक्रिय संक्रमित रहेका जिल्ला २४ वटा छन् ।

२०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लामा प्रदेश २ को धनुषा, सप्तरी, बारा र पर्सा, बागमती प्रदेशको काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक र सिन्धुली, गण्डकी प्रदेशको स्याङ्जा, बागलुङ, म्याग्दी, तनहुँ र नवलपरसी (पूर्व) छन् ।

यसैगरी लुम्बिनी प्रदेशको रुपन्देही, बर्दिया, पाल्पा, दाङ, बाँके र नवलपरासी (पश्चिम), कर्णाली प्रदेशको सुर्खेत र जुम्ला तथा सुदूरपश्चिमको केलाली र कञ्चनपुर छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker