बाढी पीडितलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरु एक्लो हुनुहुन्न, धैर्यधारण गर्नुस्

संकटको क्षणमा सबैलाई एक ढिक्का बन्न अपिल

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा बाढीले पुर्‍याएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

उनले मृतकहरूका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको निःशुल्क र छिटो उपचार गर्ने प्रतिबद्धता जनाएका छन् । आज सामाजिक सञ्जालमार्फत देशवासीका नाममा सन्देश दिँदै प्रधानमन्त्री शाहले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

प्रधानमन्त्रीका अनुसार हालसम्म नेपाली सेनाको हेलिकप्टरमार्फत २५० भन्दा बढी नागरिकको सफल उद्धार गरिएको छ ।

‘अहिलेको प्राथमिकता भनेकै घाइतेको ज्यान जोगाउनु र बेपत्ता भएकाहरूको खोजी गर्नु हो,’ प्रधानमन्त्रीले भने, ‘आज रातभर पनि उद्धार कार्य जारी रहनेछ ।’

सरकारले काठमाडौँको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० वटा शय्या (बेड) बाढी पीडितका लागि मात्रै छुट्याएको प्रधानमन्त्री शाहले जानकारी दएका छन् ।

साथै, प्रभावित क्षेत्रमै मेडिकल टिम र स्वास्थ्य सामग्री पठाइसकिएको उनले बताएका छन् । सबै क्षेत्रका पीडित परिवारहरूसम्म खानेकुरा, सफा खानेपानी, औषधी र अस्थायी बसोबासको व्यवस्था तुरुन्त पुर्याइने प्रधानमन्त्रीको प्रतिवद्धता छ ।

बाढीका कारण भत्किएका सडक, पुल, बिजुली र खानेपानीका आयोजनाहरूलाई प्राथमिकताका साथ पुनर्निर्माण गरी जनजीवनलाई पुनः पुरानै अवस्थामा फर्काइने तथा विस्थापित भएका परिवारहरूलाई सुरक्षित स्थानमा पुनःस्थापना गरिने पनि उनले वाचा गरेका छन् ।

शाहले लेखेका छन्, ‘तपाईंहरूले भोग्नुपरेको पीडा र गुमाएको क्षति सानो छैन । तर म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु– यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न । राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ । कृपया धैर्य धारण गर्नुहोला । तपाईंहरूको उद्धार, उपचार, खानपिन र बसोबासको पूर्ण जिम्मेवारी सरकारले लिन्छ।’

यस्तो विपद्को बेला सबैजना एक ढिक्का हुन उनले आह्वान गरेका छन् । सरकारले चलाएको राहत र उद्धार अभियानमा आ–आफ्नो ठाउँबाट हात बढाउन र सहयोग गर्न प्रधानमन्त्रीको अनुरोध छ ।

‘हाम्रा पीडित दाजुभाइ–दिदीबहिनीहरूलाई पुनः सामान्य जीवनमा फर्काऔँ’ उनले भनेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker