तनहुँमा एक वर्षदेखि पाँच वर्षमुनिका बालबालिकालाई स्वर्णविन्दु प्राशन गराइने

दमौली : तनहुँमा बालबालिकालाई ‘स्वर्णविन्दु प्राशन’ गराइने भएको छ । जिल्लाका एक वर्षदेखि पाँच वर्षमुनिका बालबालिकालाई स्वर्णविन्दु प्राशन गराउन लागिएको हो ।

नेपाल सरकारको कार्यक्रमअनुसार गण्डकी प्रदेशको बागलुङस्थित धौलागिरी प्रादेशिक आर्युर्वेद चिकित्सालय, तनहुँको प्रदेश आयुर्वेद चिकित्सकालय, कास्कीको गण्डकी आयुर्वेद अस्पताल र गण्डकी प्रदेश सरकारले नवलपुरको प्रदेश आयुर्वेद चिकित्सालयबाट पाइलट कार्यक्रमका रूपमा स्वर्णविन्दु प्राशन खुवाउने कार्यक्रम सुरु गर्न लागेको प्रदेश आयुर्वेद चिकित्सकालय तनहुँका प्रमुख डा नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

तनहुँमा यही कात्तिक २५ गते बालबालिकालाई स्वर्णविन्दु प्राशन खुवाउने उहाँले जानकारी दिनुभयो । अस्पतालमा बिहान ७ बजेदेखि १० बजेसम्म बालबालिकालाई स्वर्णविन्दु प्राशन खुवाइनेछ ।

जिल्लामा पहिलो पटक भएकाले कति बालबालिकालाई खुवाइन्छ भन्ने एकिन नभएकाले यो पटक आउने सङ्ख्याले आगामी दिनमा सहज हुने उहाँको भनाइ छ । नेपालका २५ वटा जिल्लामा यस वर्षबाट स्वर्णविन्दु प्राशन खुवाउने कार्यक्रम सुरु भएको बताउँदै उहाँले प्रत्येक कुशे नक्षत्रको समय पारेर बालबालिकालाई स्वर्णविन्दु प्राशन खुवाइने उल्लेख गर्नुभयो ।

श्रेष्ठका अनुसार स्वर्णविन्दु प्राशन यही कात्तिक २५ गते, मङ्सिर २२ गते, पुस २१ गते, माघ १८ गते, फागुन १६ गते, चैत १४ गते, वैशाख १०, जेठ ६ गते, असार ३ गते, साउन ९ गते, भदौ ५ गते र असोज २९ गते खुवाइनेछ ।

स्वर्णभष्म, घिउ र महको मात्रा मिलाएर स्वर्णविन्दु प्राशन बनाइने बताउँदै डा. श्रेष्ठले यो चिकित्सकको प्रत्यक्ष निगरानीमा खुवाइने जानकारी दिनुभयो । नेपाल सरकारले निर्माण गरेको कार्यविधि अनुसार एक वर्षदेखि दुई वर्षका बालबालिकालाई दुई थोपा र दुई वर्षमाथि पाँच वर्षका बालबालिकालाई चार थोपा प्रत्येक महिनाको कुशे नक्षत्रमा स्वर्णविन्दु प्राशन सेवन गराउने उहाँले बताउनुभयो ।

श्रेष्ठका अनुसार स्वर्णविन्दु प्राशनले बालबालिकाको उमेर अनुसारको तौल र उचाइ बढ्न सहयोग गर्ने, बौद्धिक क्षमता वृद्धि, रोगसँग लड्ने क्षमता वृद्धि गर्न सहयोग पुग्नेछ । उहाँले भन्नुभयो, “पहिलो पटक भएकाले कात्तिक २५ गते कतिजना बालबालिका आउँछन्, त्यसका आधारमा आगामी दिनका कार्यक्रम बन्नेछ ।”

ज्वरो, अजीर्ण, झाडापखाला, आउँ, रुघाखोकी, एलर्जी भएका बालबालिकालाई भने यो खुवाउन नहुने श्रेष्ठको भनाइ छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker