बन्दीपुरको देवीथुम्का सामुदायिक वनमा वृक्षारोपण

बन्दीपुर : सगरमाथा वृक्षारोपण महाअभियान–२०८३ अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–३ शेराटारस्थित देवीथुम्का सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा वृक्षारोपण गरिएको छ । भू तथा जलाधार व्यवस्थापन कार्यालय, तनहुँ र देवीथुम्का सामुदायिक वन उपभोक्ता समूहको आयोजना तथा डिभिजन वन कार्यालय, तनहुँको सहकार्यमा बुधबार विभिन्न जातका विरुवा रोपण गरिएको हो ।
बन्दीपुर गाउँपालिका–३ का वडाध्यक्ष परमेश्वर भट्टराई, समूहका अध्यक्ष हरिप्रसाद भट्टराई, भू तथा जलाधार व्यवस्थापन कार्यालय, तनहुँका प्रमुख दिवाकर पौडेल लगायतले सगरमाथा वृक्षारोपण महाअभियानको पृष्ठभूमि, वन संरक्षण तथा वृक्षारोपणको आवश्यकता र यसको दीर्घकालीन महत्वका विषयमा चर्चा गरेका थिए। सहभागिहरुले रोपिएका बिरुवाको संरक्षणलाई अभियानको सफलताको मुख्य आधार भएको उल्लेख गर्दै सबैलाई संरक्षणमा सक्रिय हुन आग्रह गरेका थिए ।
समूहका अध्यक्ष हरिप्रसाद भट्टराईले झाडी फाँडेर वृक्षारोपणका लागि उपयुक्त वातावरण तयार गर्न निकै मेहनत गरिएको उल्लेख गर्दै रोपिएका बिरुवाको संरक्षणमा पनि उत्तिकै प्रतिबद्धताका साथ लाग्ने बताए ।
समूहका सदस्य विश्वेश्वर भट्टराईले सञ्चालन गरेको कार्यक्रममा समूहका पदाधिकारी, सदस्य, वन उपभोक्ता महासंघका जिल्ला प्रतिनिधि, पालिका महासंघका प्रतिनिधि तथा आयोजक कार्यालयका कर्मचारीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमअन्तर्गत चाँप, अमला, राइखन्यु, चिउरीलगायत विभिन्न जातका १५० भन्दा बढी बिरुवा रोपिएको छ । यस आर्थिक वर्षभित्र उक्त वन क्षेत्रमा कुल तीन हजार तीन सय बिरुवा रोप्ने लक्ष्य राखिएको छ । साथै थप पाँच सय बाँसका बिरुवा रोप्ने योजना रहेको कार्यालय प्रमुख पौडेलले जानकारी दिए । बाँस रोपणका लागि आवश्यक सहयोग भू तथा जलाधार व्यवस्थापन कार्यालय, तनहुँले उपलब्ध गराउने उनले बताए ।
वृक्षारोपणका लागि आवश्यक सबै बिरुवा डिभिजन वन कार्यालय, तनहुँ र भू तथा जलाधार व्यवस्थापन कार्यालय, तनहुँबाट निःशुल्क उपलब्ध गराइएको आयोजकले जनाएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker