साँग्रिला डेभलपमेन्ट बैंकको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

भञ्ज्याङ समाचारदाता/डुम्रे

साँग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको १७औं वार्षिक उत्सवको अवशरमा तनहुँको बन्दिपुर-१ को डुम्रे शाखाले भानु-२ को नारेश्वरटारमा रहेको होमराज लोहनी शारदा शिक्षा सदन माविमा मंगलबार वित्तिय साक्षरता कार्यक्रम गरेको छ । विद्यालयको कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी उक्त कार्यक्रम गरिएको थियो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नबीनराज दाहालको अध्यक्षतामा आयोजित कार्यक्रममा भानु-२ का वडाअध्यक्ष अर्जुन बहादुर केसीले बैंकले विद्यार्थीलाई लक्षित गरी वित्तिय साक्षरता कार्यक्रम गरेकोले वित्तिय सचेतना बढ्ने अपेक्षा गरे । कार्यक्रमा बैंकका डुम्रे शाखा प्रमुख सुरेन्द्र दाहालले वित्तिय साक्षरता सम्बन्धी प्रष्ट पार्दै असल आर्थिक ब्यवहारको कसरी बिकास गर्ने भन्ने विषयमा सहजिकरण गरेका थिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गोविन्द भट्टराइले वित्तिय साक्षरता कार्यक्रमले विद्यार्थीहरुलाई आर्थिक, ब्यवशायीक ज्ञान प्रदान गरी बचत गर्ने बानीको बिकास गर्ने, आत्मनिर्भर बन्न प्रेरित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker