जनताको साथमा कांग्रेस अभियान, तनहुँका दशवटै पालिकामा प्रतिनिधि तोकिए
भञ्ज्याङ समाचारदाता/दमौली

नेपाली कांग्रेसले सञ्चालन गर्न लागेको जनताको साथमा कांग्रेस अभियान तनहुँमा आज शुक्रबारदेखि सञ्चालन गरिने भएको छ । जनताको साथमा कांग्रेस अभियानको पहिलो चरण भदौ १० देखि २४ गतेसम्म सञ्चालन गर्ने गरी कार्यक्रम तयार भएको जिल्ला सचिव लक्ष्मीभक्ता खनालले बताए । नेपाली कांग्रेस तनहुँको बिहीबार बसेको बैठकले भदौ १० गते क्षेत्र नम्बर १ र भदौ ११ गते क्षेत्र नम्बर २ को बैठक सहित अभियान सञ्चालन गर्ने निर्णय गरेको जिल्ला सचिव खनालले बताए ।
बैठकले जिल्ला समितिको तर्फबाट दशवटै पालिकामा कार्य सम्पन्नका लागि प्रतिनिधि खटाएको छ । व्यासमा प्रा.डा. कृष्ण गौतम, भानुमा देवकुमार श्रेष्ठ, बन्दिपुरमा सहदेव अधिकारी, देवघाटमा सरिता गुरुङ, आँबुखैरेनीमा चिनु पोख्रेल, शुक्लागण्डकीमा मिलन आले, ऋषिङमा हरि वाग्ले, म्याग्देमा श्रीराम सुवेदी, भिमादमा किसान गुरुङ र घिरिङमा रामकृष्ण विक खटाइएका छन् ।
यो अभियान प्रत्येक पालिकामा भदौ १५ गते, ८५ वडामा भदौ १८ गते र १९ देखि २२ गतेसम्म वडाको टोलमा सञ्चालन गरिनेछ । बैठकले नेपाली कांग्रेस तनहुँको भातृ तथा सुभेच्छुक संस्था गठन तथा पुनःगठन गर्ने र सोको लागि जिल्ला समितिले आफ्नो कार्य अगाडि बढाउने निर्ण्र्ाागरेको छ ।