होटल व्यवासायीलाई खोप उपलब्ध गराउन माग

भञ्ज्याङ समाचारदाता/दमौली

होटल व्यवसायीलाई खोप उपलब्ध गाउन माग गरिएको छ। क्षेत्रीय होटल संघ तनहुँले होटल ब्यबसायीहरूलाई कोभिड-१९ विरुद्धको खोप तत्कालै उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको हो । संघका अध्यक्ष राम जोशी तथा महासचिव चन्द्र कुमार कायस्थले तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यलाई खोपको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।

पर्यटन, आवास, होटल, रेष्टुराँ तथा रिसोर्ट सम्बन्धी सेवा नेपाल राजपत्रमा उल्लेखित अत्यावश्यक सेवामा पर्ने भएको र संवेदनशील एवं जिम्मेवार पेशा ब्यबसाय भएकाले यस क्षेत्रमा आवद्ध व्यवसायी, कर्मचारीलाई तत्कालै कोभिड विरुद्धको खोप उपलब्ध गराइदिन माग गरिएको अध्यक्ष जोशीले बताए ।

आन्तरिक तथा बाहृय पर्यटक भित्रीने पहिलो गन्तब्य होटल भएको हुँदा संबेदनशिलता क्षेत्रलाई प्राथमिकता तथा धरासयी बन्दै गएको होटल व्यवसायलाई स्थापित गर्न खोपको अति आवश्यक रहेको अध्यक्ष जोशीले बताए ।

पर्यटन ब्यबसाय देशको अर्थतन्त्रको प्रमुख आधार भएको र पर्यटकलाई होटलमा गुणस्तरीय सेवा सुविधा प्रदान गर्न, पर्यटकसँग प्रत्यक्ष सम्पर्क र सम्बन्धका कोभिड संक्रमणको उच्च जोखिममा रहेको हुँदा होटल व्यवसायमा आवद्ध सबैलाई खोपका व्यवस्था गरिदिन माग गरिएको संघका महासचिव कायस्थले बताए । तनहुँमा ठुला साना गरी करिब १ हजार ६५० होटल रहेको संघका बरिस्ठ उपाध्यक्ष बिकास खनालले बताए । संघको ज्ञापनपत्र बुझदै प्रमुख जिल्ला अधिकारी आचार्यले आँफुले जतिसक्दो छिटो सक्दो पहल गर्ने प्रतिवद्धता जनाए । संघले ब्यास नगरपालिका तथा होटल संघ नेपाल हानमा पनि ज्ञापनपत्र बुझाएको जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker