कक्षा १२ को परीक्षा ‘स्थगित गर्ने निर्णय, १५ दिनअगाडि सूचना दिएर अर्को मिति तोकिने’

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को निर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेको एक अधिकारीले बीबीसी नेपालीलाई बताएका छन्।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले भने, “अब परीक्षा हुनुभन्दा १५ दिनअगाडि सूचना दिइनेछ।”

यसअघि शुक्रवार स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले बढ्दो कोरोनाभाइरस सङ्क्रमणबीच परीक्षा स्थगनका लागि शिक्षा मन्त्रालय तथा कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको जनाएका थिए।

राष्ट्रिय परीक्षा बोर्डले यही साउन ३१ गतेदेखि परीक्षा हुने गरी तालिका सार्वजनिक गरेको थियो । तर कोभिड महामारीबीच भौतिक उपस्थितिसहित परीक्षा सञ्चालन गराउने बोर्डको निर्णयप्रति धेरैले असन्तुष्टि जनाउँदै आएका छन्।

केही दिनयता नेपालमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढ्न थालेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउँछ यसअघि र कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रले निर्धारित परीक्षाबारे पुनर्विचार गर्न परीक्षा बोर्डलाई आग्रह गरेको थियो।

बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले शुक्रवार बीबीसी नेपालीलाई बताएअनुसार परीक्षा अगावै सहभागी हुने सबैलाई खोपको व्यवस्थापन गर्न र परीक्षा केन्द्रहरूमा हेल्थ डेस्कको व्यवस्था गर्न आग्रह गरिएकोमा स्वास्थ्य मन्त्रालयले त्यो हाललाई सम्भव नभएको जबाफ पठाएको थियो।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker