भानुको मिर्लुङकोटमा मुक्तिनाथ कृषि सहकारी संस्था स्थापना

भञ्ज्याङ न्यूज

तनहुँको भानु नगरपालिका-१२ मिर्लुङकोटमा ‘मिर्लुङकोट मुक्तिनाथ कृषि सहकारी संस्था’ स्थापना गरिएको छ । स्थानीय कृषकलाई कृषि उत्पादनमा केन्द्रित गर्न उद्देश्यले सहकारीको स्थापना गरिएको हो । कृषकको लागतमा कमि ल्याई कृषिमा यान्त्रिकीकरण बढाउन सहकारी मार्फ लगानी बृद्धि गर्ने लक्ष्यले राखिएको छ ।

कृषकको लागतमा कमी ल्याई कृषि उत्पादन बढाउन सहकारीले भूमिका निर्वाह गर्नेछ । लगानीमा मुक्तिनाथ विकास बैंक र यान्त्रिकीकरणमा मुक्तिनाथ कृषि कम्पनीले सहजीकरण गर्ने छन् ।

स्थानीयस्तरमा उत्पादन हुने सुन्तला, कोदो, अदुवा सहितका कृषिजन्य वस्तुको उत्पादनमा लगानी र निकासीको ग्यारेन्टी सहकारीले लिने व्यवस्था गरिएको छ । सहकारी मार्फ गरिने लगानीलाई सुरिक्षत बनाउँदै कृषकको आम्दानीमा बृद्धि गर्नु सहकारीको प्रमुख उद्देश्य रहेको छ ।

सहकारी स्थापनाको प्रारम्भिक भेलामा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले जनताको जीवनस्तर उकास्न कृषि क्षेत्रको महत्वपूर्ण भूमिका हुने भएकाले मुक्तिनाथ बैंक र कृषि कम्पनीसँग सहकार्य गरेर कृषकको जीवनस्तर उकास्न सकिने बताए । साथै उनले कृषकको आम्दानी बढाउन र कृषि पेशालाई मर्यादित बनाउन नगरपालिकाले बैंक र कम्पनीसँग हातेमालो गर्ने बताए ।

त्यस अवसरमा बैंक तथा कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले कृषिमा उत्पादन बढाउन बैंक र कम्पनीले कृषकसँग सहकार्य गर्दै अगाडी बढ्ने बताए। कृषिमा यान्त्रिकीरकण नहुँदासम्म उत्पादनमा बृद्धि नहुने बताउदै उनले कृषकको आम्दानी बृद्धि र आर्थिक बिकासका लागि यान्त्रिकीरकण आवश्यक रहेको बताए। आर्थिक विकास र उत्पादन बढाउन बैंक र कम्पनीसँग सहकार्य गर्न कृषकलाई ढकालले आग्रह समेत गरे ।

सहकारी भेलामा भानु-१२ र १३ का वडाध्यक्षले मुक्तिनाथ बैंकका एसिभिसि हेड तेज गिरी, कृषि कम्पनीका गण्डकी प्रदेश प्रमुख भूमिराज भण्डारी, बैंकका उप-क्षेत्रिय कार्यालय स्याङ्जाका प्रमुख नविन काफ्ले, केन्द्रीय कार्यालयका अधिकृत सन्तोष रोकाले आफ्नो भनाई राखेका थिए ।

सोही अवसरमा स्थानीय इमान बहादुर थापाको अध्यक्षतामा मुक्तिनाथ कृषि सहकारी संचालक समिति गठन गरी तत्काल सहकारी संचालनमा ल्याउने तयारी गरिएको मुक्तिनाथ बिकास बैंक दमौली अनुगमन कार्यालयका अनुगमन अधिकृत धुव्रराज घिमिरेले बताए।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker