संस्थागत क्षमता स्वमूल्याङ्कनमा अर्जुनचौपारी गण्डकीकै पहिलो

पोखरा । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो भएको छ । आर्थिक वर्ष २०८०-०८१ को मूल्याङ्कनमा अर्जुनचौपारीले उत्कृष्ट अंक सहित प्रदेशमा पहिलो स्थान पाएको हो । अर्जुनचौपारीले ८८.७५ अंक पाएको छ ।
स्याङ्जाकै भीरकोट नगरपालिकाले ८८.२५ अकं सहित गण्डकीमा दोस्रो स्थान पाएको छ भने पर्वतको जलजला गाउँपालिकाले ८८ अंक सहित तेस्रो भएको छ । प्रदेशभित्रका ३ पालिकाले ८८ अंक पार गर्दा २२ पालिकाले ८५ अंक पार गरेका छन् । यस्तै, ४१ पालिकाले ८० अंक कटाएका छन् ।
गण्डकीको एकमात्रै महानगर पोखराले ८३.५ अकं ल्याएको छ । नगरपालिकातर्फ गोरखाको पालुङटार ८७.७५ अंक सहित दोस्रो हुँदा गाउँपालिकातर्फ गोरखाकै भीमसेन थापा गाउँपालिका समान ८७.७५ अंक सहित तेस्रो भएको छ । समग्र पालिकाहरुमा पालुङटार प्रदेशमा चौथो र भीमसेनथापा पाँचौ भएको छ ।










