तनहुँको डुम्रेमा तपाईंको मास्क खै ? अभियान

भञ्ज्याङ समाचारदाता/डुम्रे

तनहुँको बन्दिपुर गाउँपालिकाको डुम्रेमा तपाईको मास्क खै ? अभियान शुरु गरिएको छ । पछिल्लो समयमा कोरोना संक्रमण जोखिम बढेको भन्दै तनहुँ उद्योग वाणिज्य संघ डुम्रे बजार इकाइ र इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेले उक्त अभियान चलाएको हो । अभियान अन्तरगत आइतबार डुम्रेबजारमा स्वास्थ्य सचेतना जगाउँदै मास्क नलगाई हिंड्ने पैदलयात्री, सवारी साधनमा रहेका यात्रु लगायतका ५ सय जनालाई मास्क वितरण गरिएको इकाइ सभापति राजेश श्रेष्ठ राजुले जानकारी दिए ।

पहिलो चरणमा मास्क लगाउन अनुरोध गरिएको छ भने भौतिक दुरी कायम गर्न, सेनिटाइजरको प्रयोग गर्न र सरसफाईमा ध्यान दिंदै स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालन गर्न सचेत गराइएको उनले बताए । यदि लापरवाहीजन्य कार्य गरेमा कारबाही गरिने इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रकाश भुषालले बताए । यस्तै, संघको डुम्रे बजार इकाइले इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेलाई जस्तापाता प्रदान गरेको छ । बजारको सिसि क्यामेरा राखिएको स्थानका लागि भन्दै ८ हजार ५ सय रुपैंयाको जस्तापाता सहयोग गरेको इकाइले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker