जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलसिस सेन्टरको सफल परीक्षण

दुलेगौडा : तनहुँको शुक्लागण्डकी नगरपालिकाको बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा मृगौलाको समस्या भएका विरामीलाई लक्षित गरी निर्माण गरिएको डायलासिस सेन्टरको सफल परीक्षण गरिएको छ ।
केन्द्रमा निर्माण गरिएको डायलसिस सेन्टरमा बुधबार एक विरामीको सफल रुपमा डायलासिक गरिएको अस्पतालका कार्यकारी प्रमुख डा. रामकुमार श्रेष्ठले बताए ।
डा. श्रेष्ठका आनुसार डायलासिस गर्न सात वटा मेसिन जडान भएको केन्द्रको स्वास्थ्य विभागले अनुगमन गर्ने कार्यपश्चात नियमित सञ्चालन गर्ने तयारी गरिएको छ ।
सेन्टर निर्माणमा शुक्लागण्डकी नगरपालिका लगायत अस्पताल र स्वास्थ्य मन्त्रालयले समेत सहयोग गरेको अपस्पतालले जनाएको छ । बुधबार डायलसिस सेन्टरमा परीक्षण उपचार गर्न दमौली प्रादेशिक अस्पताल र जीपीमा कार्यरत चिकित्सकहरु सहभागि भएका थिए ।
जीपी अस्तालमा यस क्षेत्रमा सक्रिय विभिन्न सामाजिक संघ संस्थाहरु लायन्स क्लव अफ खैरेनीटार, म्याग्दे र लायन्सक्लव अफ शुक्लागण्डकी सिस्टर्सको विशेष सहयोग रहेको छ ।
डायलासिस सेन्टर स्थापना भएपछि शुक्लागण्डकी सहित भिमाद, म्याग्दे, घिरिङ्ग, रिसिङ्ग र स्याङजाको हरिनासका विरामीले लाभ लिन सक्ने लायन्स डायलसिस सेन्टर प्रोजेक्टका संयोजक सुजित हिराचनले बताए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker