गफ्फारको नेतृत्वमा बुल्दीखोला सरसफाई अभियान

दमौली : तनहुँको व्यास नगरपालिका–२ स्थित बुल्दीखोलामा शनिबार युवाहरुले सरसफाई अभियान सञ्चालन गरेका छन् । वातावरण संरक्षण र स्वच्छताको सन्देश फैलाउने उद्देश्यले गरिएको उक्त अभियान सामाजिक अभियान्ता सुदीप गफ्फारको नेतृत्वमा सम्पन्न भएको हो ।

अभियानमा सुन्दर प्रजापति र आनन्द सोतीको सक्रिय सहभागिता रहेको थियो । उनीहरुले खोला आसपासमा फालिएका प्लास्टिकजन्य फोहोर, बोतल, झोला तथा अन्य अव्यवस्थित फोहोर संकलन गरी व्यवस्थापन गरेका थिए ।

सामाजिक अभियान्ता सुदीप गफ्फारले बुल्दीखोलालाई स्वच्छ, सुन्दर र पर्यावरणमैत्री बनाउन निरन्तर रुपमा सरसफाई अभियान सञ्चालन गर्दै आएका छन् । उनले नदी तथा खोलाहरुको संरक्षण नगरे भविष्यमा गम्भीर वातावरणीय समस्या उत्पन्न हुने भन्दै सबैलाई आ–आफ्नो ठाउँबाट जिम्मेवार बन्न आग्रह गरेका छन् ।

“बुल्दीखोला हाम्रो साझा सम्पत्ति हो । यसको संरक्षण केवल एक–दुई जनाको दायित्व नभई सबैको साझा जिम्मेवारी हो,” गफ्फारले भने ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker