समन्वय समितिद्वारा बन्दिपुरलाई स्वास्थ्य सामाग्रि उपलब्ध
भञ्ज्याङ न्यूज

जिल्ला समन्वय समिति तनहुँले बन्दिपुर गाउँपालिकालाई कोभिड-१९ संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि आवाश्यक पर्ने स्वास्थ्य सामाग्रि उपलब्ध गराएको छ ।
समन्वय प्रमुख शान्तिरमण वाग्ले सहितको एक टोलीले शुक्रबार गाउँपालिका अध्यक्ष पूर्णसिं थापालाई स्वास्थ्य सामाग्रिह हस्तान्तरण गरेका हुन् ।
समन्वय समितिले गाउँपालिकालाई ५० थान पिपिई, १० प्याकेट ग्लोव्स, ५०० थान मास्क, ५ थान पुनःप्रयोग गर्न मिल्ने विपिई, ५ प्याकेट फेशसिल्ड र ३८ थान एन९५ मास्क उपलब्ध गराएको छ । कोभिड-१९ संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि प्राप्त स्वास्थ्य सामाग्रिले सहयोग पुग्ने भन्दै अध्यक्ष थापाले वाग्लेप्रति आभार व्यक्त गरे ।
समन्वय मितिका उपप्रमुख पवित्रा पौडेल, गाउँपालिका उपाध्यक्ष करुणा गुरुङ, प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदी लगायतको सहभागितामा स्वास्थ्य सामाग्रि हस्तान्तरण गर्दै समन्वय प्रमुख वाग्लेले कोभिड-१९ संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि सबैको हातेमालो आवश्यक रहेको र मास्कको सहि रुपमा प्रयोग, सामाजिक दुरी कायम गर्नुका साथै भिडभाडजन्य गतिविधिबाट सबै टाँढा रहनुपर्ने बताए ।










