इन्टरनेटले बालबालिका यौनदुर्व्यवहारमा

रासस/काठमाडौं

सूचना प्रविधिको प्रयोगका कारणले बालबालिका यौनदुर्व्यवहारमा पर्ने गरेको एक अध्ययनले देखाएको छ ।

बाल आवाजले यहाँ सार्वजनिक गरेको ‘अनलाइन बाल यौनदुर्व्यवहारको अवस्था तथा नीतिगत विश्लेषण सम्बन्धी अध्ययन’मा इन्टरनेटका कारणले १८ वर्ष मुनिका बालबालिका यौनदुर्व्यवहारमा पर्ने गरेको जनाएको छ ।

महान्याधिवक्ता डा दिनमणि पोखरेलले अनलाइन अपराधले समाजिक मात्र नभइ मनोविज्ञान रूपमा असर पार्ने बताउनुभयो । उहाँले पहिले शारिरीक यौनदुव्यहार हुने गरेको अहिले इन्टरनेटका माध्यमबाट पनि यौनदुर्व्यवहारले बालबालिकालाई मनोवैज्ञानिक असर पुर्याउने बताउनुभयो ।

उहाँले ऐन निर्माण भएर मात्र नहुने उल्लेख गर्दै कानुनको बारेमा जनचेतना जगाउनु आवश्यक रहेको बताउनुभयो । महान्याधिवक्ता डा पोखरेलले ‘साइवर क्राइम’का बारेका के कुरा समावेश गर्नुपर्ने हो ति कुरा अध्ययनबाट नै आउनुपर्ने जनाउँदै अध्ययन कानुन निर्माणका लागि कोशेढुङ्गा हुने बताउनुभयो ।

अध्ययनमा सूचना प्रविधिको दुरुपयोगमा अश्लील फोटो माग्ने, असंवेदनशील म्यासेज गर्ने जस्ता कार्य बालबालिकामा आदानप्रदान भएर यौन्दुर्व्यवहारमा पर्ने गरेको जनाइएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले इन्टरनेटका कारणले धेरै बालबालिका यौनदुर्व्यवहारमा पर्ने गरेको उल्लेख गर्दै मोबाइलको ‘सेटिङ’मा नै यौनजन्य भिडियो आउने खालका वेबसाइट रोक्नुपर्ने बताउनुभयो ।

लतिलपुरका वरिष्ठ प्रहरी उपरीक्षक सिद्धविक्रम शाहले यौनदुर्व्यवहारमा परेका बालबालिकाले उजुरी दिए पनि कहाँबाट यौनदुर्व्यवहार भएको भन्ने कुरा थाहा पाउनका लागि साधन स्रोतको अभावले कारबाहीमा ल्याउन समस्या भएको बताउनुभयो । उहाँले उजुरी भए पनि बालबालिकाको संरक्षण गर्न समस्या हुने बताउनुभयो ।

उहाँले बालबालिकालाई यौनसम्बन्धी साइट हेर्नबाट रोक्नका लागि अहिले वाइफाइमा ‘चाइन्ड सेभ मोड’ राखिएको जानकारी दिनुभयो । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले बालबालिकालाई ल्यापटप, मोबाइल, आइप्याडबाट टाढा राख्नुपर्ने बताउनुभयो ।

कोशी र बागमती प्रदेशका पाँच सय १४ बालबालिकामा गरिएको अध्ययनमा बालबालिकालाई अश्लील फोटो पठाउने र माग्ने, बालबालिकाको फोटो प्रयोग गरेर यौनदुर्व्यवहारमा पार्ने जस्ता क्रियाकलाप गरिरहेको उल्लेख गरिएको छ । अध्ययनमा ७३ प्रतिशत बालबालिका वाइफाई, १४ प्रतिशतले मोबाइल डाटा र १३ प्रतिशतले दुवैमार्फत सूचना प्रविधिको प्रयोग गरिरहेको पाइएको बाल आवाजका कार्यकारी निर्देशक कृष्णकुमार थापाले जानकारी दिनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker