म्याग्दे गाउँपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सञ्चालन गरिने

भञ्ज्याङ समाचारदाता/म्याग्दे

तनहुँको म्याग्दे गाउँपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सञ्चालन गरिने भएको छ । म्याग्दे गाउँपालिकाको स्थानीय निर्देशक समितिको अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले पालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अगाडि बढाउने निर्णय गरेको हो ।

स्थानीय तहमा रोजगारको सम्भावना भएको क्षेत्रमा समग्र रोजगारको वस्तुस्थिति बुझ्नका लागि रोजगार सम्वाद मञ्च आयोजना गरिएको रोजगार संयोजकका सदस्य सचिव पविन्द्र शाहीले बताए ।

चालु आर्थिक वर्षमा सुनिश्चित भएका वेरोजगारको संख्या २९५ जना रहेको र उनिहरुको प्राथमिकीकरण निर्धारण मार्गदर्शन अनुसार चयन गरिने भएको छ । गाउँपालिकाले अहिले ४० जना प्राथमिकीकरणमा परेकालाई रोजगारी दिने सचिव शाहीले बताए ।

यस्तै, १६ जना अन्य गरी कुल यस आर्थिक वर्षमा ५६ जनालाई रोजगार दिइनेछ । नेपाल सरकारको दररेट अनुसार प्रति दिन ५७७ रुपैयाँ दिने गरी १ जनालाई १०० दिनसम्म रोजगार दिइने शाहीले बताए ।

श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले सशर्त अुनदान रकम अर्न्तर्गतको पालिकाले यो कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी गराए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker