नेपाल युनेस्को संघसंस्था तथा क्लवको राष्ट्रिय अध्यक्षमा त्रिपाठी, उपाध्यक्षमा तनहुँकै काफ्ले

भञ्ज्याङ समाचारदाता/भानु

नेपाल युनेस्को संघसंस्था तथा क्लवको राष्ट्रिय अध्यक्षमा आनन्दराज त्रिपाठी निर्विरोध निर्वाचित भएका छन् । तनहुँको भानु नगरपालिका-३ मा आइतबार सम्पन्न १२औं महाधिवेशनबाट त्रिपाठीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । त्रिपाठी दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन् । उनी भानु नगरपालिकाको प्रमुख समेत हुन् ।

महाधिवेशनबाट सहअध्यक्षमा दीपक सरकार, वरिष्ठ उपाध्यक्षमा महेश्वरप्रसाद शर्मा, उपाध्यक्षमा हेमकुमार कार्की, अनिल सिलवाल, खड्कबहादुर बुढा, प्रदीप काफ्ले, चक्रबहादुर राउत, पार्थी सरकार, कल्पना खड्का र प्रशान्त जोशी चयन भएका छन् । महासचिवमा युवराज न्यौपाने, उपमहासचिवमा रामनाथ मैनाली, राजकुमार केसी, कोषाध्यक्षमा विकास लामा गुरुङ, सहकोषाध्यक्षमा कुमुदा नेपाल चयन भएका छन् ।

सदस्यहरुमा पदमा योगी, प्रदीपराज अधिकारी, वर्षा पाण्डे, सिद्धेश्वर बोगटी, निश्चल बानियाँ, निलिमा बस्नेत, सुवासचन्द्र दाहाल, अनुज कार्की, रवि तुलाधार, महेश भण्डारी, हेमन्त पाण्डे चयन भएका छन् । महाधिवेशनले सातवटै प्रदेश अध्यक्ष समेत तोकेको छ ।

सअनुसार प्रदेश नम्बर १ को अध्यक्षमा दिवस राजवंशी, बागमतीको अध्यक्षमा विकास अधिकारी, गण्डकीको अध्यक्षमा रविन्द्रराज जोशी, लुम्बिनीको अध्यक्षमा सुवास गैह्रे, कर्णाली प्रदेशको अध्यक्षमा प्रकाश भण्डारी र सुदुरपश्चिम अध्यक्षमा अन्जु भट्ट चयन भएका छन।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker