मोटरसाइकलबाट खसेर एक महिलाको मृत्यु

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ ठाँटीटारमा मोटरसाइकलबाट खसेर आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–६ छबिसे बस्ने ५५ वर्षीय सानुमाया सार्की रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

थर्पु बजारबाट छबिसेतर्फ जाँदै गरेको ग७प ५३२३ नम्बरको मोटरसाइकलबाट खसेर मोटरसाइकलमा सवार सार्कीको मृत्यु भएको हो । मोटरसाइकलबाट खसेर घाइते उनको पोखरास्थित फेवासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा छन् ।

यस्तै पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ सानो डुम्रेमा ट्र्याक्टर र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक घाइते भएका छन् । डुम्रेबाट विमलनगरतर्फ जाँदै गरेको ना५त २७३० नम्बरको ट्र्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको बा ९७ प १८७१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा नुवाकोट बिदुर गाउँपालिका–१२ बस्ने २७ वर्षीय नवराज पौडेल घाइते भएका हुन् । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker