“लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा आएपछि लैंगिक हिंसामा कमी”

भञ्ज्याङ समाचारदाता/दमौली

गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेमगरले लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा आएपछि लैङ्गकि हिंसामा कमी आएको बताएका छन् । राष्ट्रिय महिला आयोगद्वारा मंगलबार दमौलीमा आयोजित महिला हिंसा निवारणका लागि सुरक्षा निकायसँग रणनीतिक योजना बैठक तथा अन्तर्क्रियामा मन्त्री आलेमगरले महिलालाई जमिनको स्वामित्व दिने व्यवस्थाले आत्मनिर्भर बन्न सहयोग पुर्‍याएको बताएका हुन् ।

मन्त्री आलेमगरले भने, “नयाँ संविधान कार्यान्वयनमा आएसँगै आर्थिक रूपमा प्रताडित महिलालाई अधिकार प्रत्यायोजन भएको र पुत्रलाभ हुनैपर्छ भन्ने अन्धविश्वासमा कमी आएको छ।” उनले विगतमा हुने महिलाको सहभागिता निषेधलाई विसं २००७ को आन्दोलनले हरेक क्षेत्रमा सहभागिता बढाउन मद्दत पुर्‍याएको स्मरण गरे ।

बहुदल आएपछि सरकार, राजनीतिक दललगायत विभन्न पक्षमा महिलाको सहभागिता बढ्दै गएको उल्लेख गर्दै मन्त्री आलेमगरले हरेक क्षेत्रमा महिला सहभागिता बढ्दा नै अहिले हिंसा न्यूनीरकण हुँदै गएको दाबी गरे ।

राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले विभिन्न क्षेत्रमा महिलाको आवद्धता बढेसँगै समाजबाट हुने हिंसामा कमी ल्याउन सहयोग पुगेको बताइन । उनले समाजमा महिलालाई स्थापित गराउन राजनीतिक दल, समाजले भूमिका खेल्नुपर्नेमा जोड थियो ।

“गणतन्त्र आएसँगै प्रत्येक जिल्लामा रहेका महिला विकास कार्यालय हटाउँदा महिलाले सहज रुपमा सेवाबाट वञ्चित हुनुपरेका गुनासो आयोगमा आउने गरेको र यस्ता समस्या समाधान गर्न कठिन भएकाले प्रदेश र स्थानीय सरकारसम्म विस्तार गर्न सके स्थानीय महिलाको समस्या समाधानमा सहज सहयोग पुग्ने अध्यक्ष पराजुलीले बताए ।

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले महिलालाई आर्थिक रुपमा निर्भर बनाउनुपर्नेमा जोड दिए । उनले महिलालाई शारीरिक रुपमा सबल बनाउन सके हिंसा स्वतः न्यूनीकरण हुने विश्वास व्यक्त गरे । लैङ्गकि हिंसा परिवारका सदस्यबाट हुने गरेको भन्दै प्रमुख वाग्लेले तुलनात्मक रुपमा गण्डकी प्रदेश हिंसा न्यून रहेको दाबी गरे ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले सैद्धान्तिक र धार्मिक मूल्य मान्यतालाई आरोप लगाएर मनोवृत्तिमा परिवर्तन ल्याउन नसक्दा हिंसाका घटना हुने गरेका बताए । धर्म, परम्परागत मूल्य मान्यताले नै महिलालाई सम्मान गर्नुपर्छ भन्ने आस्थालाई बुझन आवश्यक रहेको उनले बताए ।

राष्ट्रिय महिला आयोगका सदस्य एवं प्रवक्ता कृष्णकुमारी पौडेल खतिवडाले महिलामाथि हुने हिंसाले पीडित भएका महिलाको सुरक्षाको लागि सरकारले तत्काल बजेट व्यवस्थापन गर्नुपर्ने बताए । गण्डकी प्रदेश सरकार र स्थानीय सरकारले आयोग स्थापना र बजेटको व्यवस्थापन गर्नुपर्नेमा उनको जोड छ । उनले भने, “गण्डकी प्रदेशका हिंसामा परेका महिलाको समस्या समाधानका लागि यही आयोगको कार्यालय स्थापना गर्नु आवश्यक छ ।”

तनहुँका प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले अधिकांश पुरुष वैदेशिक रोजगारीमा जाँदा महिला हिंसामा पर्ने गरेको बताए। उनले भने, “श्रीमान् विदेशमा हुँदा परिवारबाट छुट्टएिर बस्ने गर्दा महिलामा विभिन्न खालका हिंसामा पर्ने गरेका छन् । महिला शारीरिक एवं आर्थिक समस्यामा पर्दछन् ।”

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker