विसर्जनको ठाउँ अभावका कारण व्यास नगरपालिकाले हप्तादिनदेखि फोहर उठाएन

दमौली : तनहुँको व्यास नगरपालिकाले करिब हप्ता दिनदेखि दमौली बजार क्षेत्रबाट फोहरमैला संकलन गर्न स्थगित गरेको छ । फोहरमैला विसर्जन गर्ने ठाउँ अभावका कारण नगरपालिकाले बजार क्षेत्रबाट फोहर नउठाएको हो । नगरपालिकाले हाल व्यवस्थापन गरिएको जग्गामा खाडल पूरा भई वैकल्पिक स्थानको खोजी भइरहेकाले वैकल्पिक स्थानको व्यवस्थापन नहुँदासम्म फोहरमैला संकलन गर्न नसकिएको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले बताए ।
फोहरमैलाको दिगो व्यवस्थापनका लागि प्रस्तावित जग्गा खरिदको अनुमति नेपाल सरकारसँग माग भएकामा हालसम्म पनि अनुमति प्राप्त हुन नसकेको उनले बताए । उनले भने, ‘हाल स्रोतमा वर्गीकरण गरी आएका नकुहिने फोहरलाई कार्यालय परिसरभित्र सूक्ष्म वर्गीकरण गरी बिक्रीयोग्य सामानहरू बिक्री गरी बिक्री अयोग्य वस्तुहरूको अन्तिम विसर्जनका लागि वडा नम्बर १ गल्वुबेँसी अकला कमलडिहीमा व्यक्तिको जग्गामा अस्थायी व्यवस्थापन गरिँदै आएको छ ।’
उक्त अस्थायी ठाउँ पनि फोहरले भरिएपछि अर्को ठाउँ खोजी भइरहेको लम्सालले बताए। नगरपालिकाले वैकल्पिक स्थानको व्यवस्थापन नहुँदासम्म आफूले उत्पादन गरेका फोहरमैला घर, कम्पाउन्डभित्र सुरक्षित तवरले राख्न नगरवासीलाई आग्रह गरेको छ ।
नगरपालिकाले तीन वटा टिपर, चार वटा ट्याक्टर, एक जेसिभी, एक सक्सन ट्याङ्क, एक अटो र एक रिक्सा गरी ११ वटा सवारीसाधन दैनिक रूपमा सरसफाइका लागि प्रयोग गर्दै आएको छ ।
नगरपालिकाको स्थापनाको ३२ वर्ष भएपनि यहाँ फोहरमैला व्यवस्थापन केन्द्र नहुँदा बेलाबेलामा समस्या हुने गरेको छ । नगरपालिकामा स्थापनाकालदेखिको मुख्य समस्याका रूपमा रहेको फोहरमैला व्यवस्थापन सधैंको समस्या बन्ने गरेको छ ।
यस्तै, तनहुँको बजार क्षेत्रमा मानवबस्ति बाक्लिदै गएको र त्यहाँबाट उत्सर्जन हुने फोहरमैला व्यवस्थापनको पाटो अहिले जिल्लाका पालिकाहरुलाई चुनौतीको विषय बन्दै गएको छ । आँवुखैरेनी, बन्दीपुर, व्यास, म्याग्दे, शुक्लागण्डकी र भिमादका बजार क्षेत्रमा उत्सर्जन हुने फोहरमैला व्यवस्थापनका लागि पालिकाहरुलाई आवश्यक र उपयुक्त स्थान प्राप्त गर्न सकेका छैनन् ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker