सेवाग्राहीको चाप अत्यधिक बढेपछि जिल्ला प्रशासन कार्यालयले आजदेखि बारअनुसार सेवा प्रवाह गर्ने

कोभिड–१९ को सङ्क्रमण दिनदिनै बढ्दै गइरहेको र कार्यालयमा सेवाग्राहीको चाप अत्यधिक बढेपछि जिल्ला प्रशासन कार्यालयले आजदेखि बारअनुसार सेवा प्रवाह गर्ने भएको छ । दश स्थानीय तह रहेको जिल्लाका नागरिकलाई कार्यालयले बारअनुसार सेवा प्रवाह गर्न लागेको हो ।

कार्यालयमा अत्यावश्यक सेवाबाहेक अन्य सबै किसिमका दैनिक सेवा लिन आउने सेवाग्राहीको सङ्ख्या अत्यधिक बढेकाले यस्तो व्यवस्था शुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । “कार्यालय तथा बजारमा भीडभाडसँगै सङ्क्रमण पनि बढेको हुँदा मानिसको आवागमन कम गर्न अर्को व्यवस्था नभएसम्मका लागि स्थानीय तहगतरुपमा सेवा प्रवाहको व्यवस्था मिलाएका छौँ”, उहाँले भन्नुभयो ।

कार्यालयका अनुसार आइतबार शुक्लागण्डकी, भानु नगरपालिका तथा आँबुखैरेनी र ऋषिङ गाउँपालिका, सोमबार व्यास नगरपालिका र म्याग्दे गाउँपालिका, मङ्गलबार शुक्लागण्डकी नगरपालिका, घिरिङ र ऋषिङ गाउँपालिकाका जनताले सेवा लिन पाउनेछन् ।

बुधबार भिमाद नगरपालिका, म्याग्दे, ऋषिङ, देवघाट, बन्दिपुर गाउँपालिका, बिहीबार आँबुखैरेनी, देवघाट गाउँपालिका तथा भीमाद र भानु नगरपालिका र शुक्रबार व्यास नगरपालिका र बन्दिपुर गाउँपालिकालाई निर्धारण गरिएको छ ।

यसैबीच जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले पछिल्लो पटक थप गरेको निषेधाज्ञा आज राति १२ बजेदेखि सकिँदैछ । आज नै जिल्ला कोभिड व्यवस्थापन समितिको बैठक बस्ने जनाइएको छ । बैठकले निषेधाज्ञाको मोडालिटीबारे छलफल गरी प्रमुख जिल्ला अधिकारी संयोजक रहेको कोभिड सङ्कट व्यवस्थापन केन्द्रलाई सिफारिस गर्नेछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker