तनहुँको भानु नगरपालिकामा आधारभूत आवश्यकता सम्बन्धी अन्तरक्रिया

भञ्ज्याङ समाचारदाता/भानु

तनहुँको भानु नगरपालिकामा मंगलबार शिक्षा, स्वास्थ्य, खाद्य र आवास लगायतका आधारभूत आवश्यकताका विषयमा स्थानीय सरकार र सरोकारवाला विच अन्तरक्रिया गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले मानवअधिकार संरक्षण र सम्बर्धनका लागि राज्यको जवाफदेहिता तथा जनताको सहभागिता अभिबृद्धी परियोजना अर्न्तर्गत उक्त कार्यक्रम गरेको हो ।

कार्यक्रममा भानु नगरपालिकाका बरिष्ठ अधिकृत शुनिल पाण्डेले शिक्षा, स्वास्थ्य, खाद्य र आवास नगरपालिकाको प्राथमिकतामा रहेको बताए । पाण्डेलेे संविधानले मौलिकहकको रुपमा व्यवस्था गरेको यी विषयहरुलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेर कार्यान्वयन गर्दै आएको बताए ।

आधारभुत विद्यालयमा दिवा खाजा, आधारभुतदेखि माथिल्लो तहका सबै विद्यालयमा सेनेटरी प्याडको उपलब्धता, आधारभुत विद्यालयमा स्मार्ट टिभीको व्यवस्था, कृषकलाई आधुनिक कृषि औजारको व्यवस्था गरिएको तथा दुध र अण्डामा नगरपालिका आत्मनिर्भर भएको पाण्डले जानकारी गराए ।

नगरपालिकाले चालु आर्थिक वर्षमा संचालन गरेको शिक्षा, स्वास्थ्य, खाद्य र आवाससँग सम्बन्धित कार्यक्रमको बारेमा कार्यपत्र प्रस्तुत गर्दै नगरपालिकाका बरिष्ठ अधिकृत पाण्डेले शिक्षा, स्वास्थ्य, खाद्य र आवाससँग सम्बन्धित कार्यक्रम र योजनाहरुलाई प्राथमिकतामा राखि सम्पन्न गर्ने र नीतिहरु बनाउँदा पनि त्यसैलाई नै प्राथमिकतामा राख्ने गरेको बताए ।

उक्त कार्यक्रममा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराइ, कृषि शाखा प्रमुख प्रताप पाण्डे, शिक्षा शाखाका श्रोत व्यक्ति श्रीकृष्ण त्रिपाठी, पशु शाखाका प्राविधिक धनबहादुर कुमालले सहभागीको जिज्ञासाको उत्तर दिई आ-आफ्नो शाखाले सम्पादन गर्दै आएका कार्यक्रमको विषयमा सहभागिलाई जानकारी गराएको इन्सेक प्रतिनिधि प्रकाशचन्द्र भट्टराइले जानकारी गराए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker