गाउँका महिलाको दैनिकी

तनहुँको ऋषिङ गाउँपालिका-१ काहुँशिवपुर स्थित छापटोलका महिलाहरु दमौली बजारमा रक्सी बेचेर गाउँ फर्कदै । यहाँका महिलाहरुले कोदोबाट रक्सी उत्पादन गरी दमौली बजारमा बिक्रीवितरण गर्ने बजारबाट कोदो तथा आवश्यक सामाग्रि खरिद गरी गाउँ फर्कने गर्छन । गाउँमा प्रयाप्त कोदो उत्पादन नहुने हुँदा तराइबाट ल्याइएको कोदोबाट रक्सी उत्पादन गरी बिक्रीबितरण गर्ने गरेको स्थानीय महिलाहरु बताउँछन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ










