गण्डकी प्रदेशमा ३०३ जना कोरोना संक्रमण मुक्त

भञ्ज्याङ समाचारदाता/दमौली

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ३०३ जना कोरोना संक्रमण मुक्त भएका छन् । यस अवधिमा प्रदेशमा १७० जना संक्रमित थपिएका छन् । थपिनेमा कास्कीका ७३, नवलपरासी पूर्वका ३९, गोरखाका, स्याङ्जाका १५, म्याग्दीका सात र तनहुँका छ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा प्रदेशमा तीन जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । उनको अनुसार मृत्यु हुनेमा स्याङ्जाको वालिङ र गल्याङ नगरपालिकाका एक/एक जना महिला र कास्कीको पोखरा महानगरपालिकाका एक जना पुरुष रहेका छन् । यीसँगै प्रदेशमा कोरोना संक्रमण भई मृत्यु हुनेको संख्या एक जार २९३ जना पुगेको छ । प्रदेशमा होम आइसोलेशनमा दुइ हजार ९११ जना रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker