शुक्लागण्डकीका सबै वडा कार्यालय भाडामुक्त

भञ्ज्याङ समाचारदाता (दमौली)

जिल्लाको शुक्लागण्डकी नगरपालिका मातहतमा रहेका सबै वडा कार्यालय भाडामुक्त बनेका छन्। चालु आर्थिक वर्षमा एकै साथ तीन वडाभवन निर्माण सम्पन्न गरेपछि भाडामुक्त बनेको हो। चालु आर्थिक वर्षमा २, ५ र ७ वडाका भवन निर्माण गरिएको हो। गत वर्षवडा नं ३, ४, ९, १० र ११ का वडा भवन निर्माण गरिएको थियो । बाह्रवटा बडा रहेकामध्ये १, ६, ८ र १२ नं वडा साविकको गाविस भवन मर्मत सम्भार गरी सेवा प्रवाह गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले जानकारी दिए ।

शुक्लागण्डकी नगरपालिका-९ को नवनिर्मित वडा कार्यालय भवन सञ्चालनमा ल्याइएको छ । कूल रु ५१ लाख १३ हजारको लागतमा तीन कोठा एक हलसहितको भवन निर्माण गरिएको हो । शुरुका वर्षेखि प्रत्येक वडा भवन निर्माणका लागि भूगोल र जनसंख्याको आधारमा बजेट विनियोजन गर्दै आएको नगरपालिकाका प्रमुख किसान गुरुङले बताए ।

त्यसैगरी व्यास नगरपालिका कार्यालय मातहतमा रहेका चौध वडा कार्यालय भाडामुक्त बन्ने अन्तिम चरणमा छन् । ब्यास-१ स्थित चारकुनेमा वडा कार्यालय भवन निर्माण भइरहेकाले छिट्टै भाडामुक्त बन्ने अवस्थामा रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए । नगरपालिकाभित्र रहेका स्वास्थ्य केन्द्र भाडामुक्त अवस्थामा रहेको नगरपालिकाले जनाएको छ ।

त्यसैगरी आँबुखैरेनी गाउँपालिका वडाको पनि आफ्नै भवन हुने गरी छ वटै वडाका भवन निर्माण भइरहेको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले बताए । जिल्लाको बन्दिपुर, भानु, देवघाट, घिरिङ, ऋषिङ, भिमाद र म्याग्दे लगायतका पालिका मातहतमा रहेका वडा तथा स्वास्थ्य केन्द्रको भवन निर्माण तीव्ररूपमा भइरहेको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker