संकटको घडीमा देउवाको भूमिका प्रशंसनीय : श्रममन्त्री श्रेष्ठ

भञ्ज्याङ समाचारदाता/दमौली

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मुलुकमा संकट आइपरेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाको भूमिका प्रशंसनीय रहँदै आएका बताएका छन् ।

तनहुँ उद्योग वाणिज्य संघको आयोजनामा बिहीबारदेखि दमौलीमा सुरु भएको आठौ तनहुँ महोत्सवमा सम्बोधन गर्दै मन्त्री श्रेष्ठले संकटको घडीमा देउवाले सदैव नेतृत्वदायी भूमिका निर्वाह गरेको बताए ।

सबैलाई मिलाएर लैजान सक्ने अडान देउवामा रहेको भन्दै मन्त्री श्रेष्ठले देउवाको प्रशंसा गरे । एमसिसी पारित गराउन देउवाले खेलेको भूमिकाले अन्तर्राष्ट्रिय स्तरमा उनको छवि उच्च भएको मन्त्री श्रेष्ठको भनाई थियो ।

मन्त्री श्रेष्ठले लगानीमैत्री वातावरण सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै स्वदेशी तथा विदेशी लगानी भिर्त्याउन सरकार लागिपरेको बताए । देशमा पर्याप्त रोजगारी नहुँदा युवाहरु विदेशिनुपरेको बताउँदै उनले देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नेतर्फ सरकार गम्भीर रहेको बताए ।

आगामी चुनावमा पनि गठबन्धन कायम गर्नुपर्छ भन्ने जनताको चाहना रहेको बताउँदै उनले यही गठबन्धनले मुलुकमा विकास र सुशासन कायम गर्ने बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker