पुलको जग नै भत्किन थालेपछि त्रास बढ्यो

भञ्ज्याङ समाचारदाता/दमौली

वर्षासँगै खोलाले गरेको कटान र माटो खस्ने क्रम बढेपछि कास्कीको पोखरा महानगरपालिका-३२ मालेपाटन र तनहुँको शुक्लागण्डकी नगरपालिका-१ सेराबेँसी जोड्ने झोलुङ्गे पुलको जग नै भत्कन थालेको छ । गत वर्षदखि नै जोखिममा परेको सो पुललाई समयमा नै व्यवस्थापन तथा मर्मत नगर्दा पुलको जग नै भत्कन थालेपछि आवतजावतमा समेत असहज भएको छ । सेराबेसी युवा क्लबका पूर्व अध्यक्ष एवं सेराबेसी टोल विकास संस्थाका सचिव किशोर घिमिरेका अनुसार केही दिनयताको लगातारको वर्षासँगै कटान र माटो झर्ने क्रम निरन्तर हुँदा पुलको मालेपाटन तर्फो जग नै धरापमा परेको छ ।

जग नै भत्कन थालेपछि आवतजावत गर्नसमेत त्रास भएको बताउँदै उहाँले यसतर्फ तत्काल राज्यको ध्यान पुग्नुपर्ने बताउनुभयो । हरेक वर्ष खोलाले पुलको किनारा कटान गर्दै गएको भए पनि यसतर्फ खासै चासो नदिएका कारण थप जोखिम बढेको जानकारी दिँदै उहाँले जोखिमका बाबजुद विकल्प नै नभएपछि सर्वसाधारण आवतजावत गर्न बाध्य भएको बताउनुभयो ।

नौलो घुम्ती नेपालको प्राविधिक सहयोगमा विसं २०७४ मा निर्मित पुलको लम्बाइ ११९ मिटर छ । कूल रु ४१ लाख २५ हजार ५२८ लागतमा बनेको पुल बर्सेनि फुस्रेखोलामा अविरल वर्षासँगै आएको बाढीले कटान गरेपछि जोखिममा पर्दै गएको हो । कास्की पोखराको मालेपाटनका साथै तनहुँको शुक्लागण्डकीका सेराबेँसी, आरुस्वाँरा, सिम्ले, नयाँ गाउँ, थप्रेक लगायतका स्थानका बासिन्दाका लागि आवतजावतमा बहुउपयोगी बनेको पुल जोखिममा परेका कारण तत्काल अन्य वैकल्पिक उपायको खोजी हुनु अपरिहार्य भएको उहाँको भनाइ छ ।

कास्कीको मालेपाटन तर्फको पुलको जगमा धेरै समस्या देखिएको बताउँदै उहाँले यस सम्बन्धमा कास्कीको पूर्वाधार विकास कार्यालयका साथै सम्बन्धित जनप्रतिनिधिलाई समेत जानकारी गराइएको शुक्लागण्डकी नगरपालिका-१ का वडाध्यक्ष रवीचन्द्र पौडेलले जानकारी दिनुभयो । पुलको अभावमा मालेपाटनका साथै तनहुँका सेराबेँसीलगायतका यस क्षेत्रका बासिन्दा प्रत्यक्ष प्रभावित हुने भएकोले यसतर्फ बेलैमा सबैको ध्यान जानु आवश्यक भएको उहाँले बताउनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker