लमजुङको पाउँदीमा प्रहरी चौकीको भवन निर्माण

लमजुङ : लमजुङको सुन्दरबजार नगरपालिका–७, पाउँदीमा प्रहरी चौकीको भवन निर्माण गरिएको छ । उक्त भवनको आज एक कार्यक्रमबीच प्रहरी नायव महानिरीक्षक फणिन्द्र बरालले उद्घाटन गरे ।
प्रहरी नायब महानिरीक्षक बरालले प्रहरीका लागि स्तरीय भवन आवश्यक भएको बताए । प्रहरीको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन पूर्वाधार आवश्यक भएको उनको भनाइ थियो ।
नयाँ भवनबाट प्रहरीलाई कामकाज गर्न सहज हुनुका साथै नागरिक र प्रहरीबीचको सम्बन्धलाई अझ मजबुत बनाउन योगदान पुग्ने उनले बताए । “सेवा प्रवाहमा सुधार गर्न पूर्वाधार विकासमा विशेष ध्यान दिएका छौँ”, प्रहरी नायव महानिरीक्षक बरालले बताए ।
कुल रु दुई करोड २८ लाख ४३ हजारको लागतमा सो भवन निर्माण गरिएको हो । प्रहरी चौकी भवन तीन रोपनी एक आना तीन दाम क्षेत्रफलमा फैलिएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङ, सुन्दरबजार नगरपालिका–७ का वडाध्यक्ष जयराम रेग्मी, सुन्दरबजार नगरपालिकाका पूर्व नगरप्रमुख जनकराज मिश्रलगायतले आ–आफ्नो धारणा राखेका थिए ।
सो अवसरमा प्रहरी नायब महानिरीक्षक बरालले भवन निर्माणमा योगदान पु¥याउने विभिन्न व्यक्तिलाई प्रशंशापत्र प्रदान गरेका थिए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker