तनहुँको व्यासमा सोमबार सार्वजनिक बिदा

तनहुँको व्यास नगरपालिकाले व्यास अवतरण (गुरुपूर्णिमा) का अवसरमा सोमबार सार्वजनिक बिदा दिएको छ ।

नगरपालिकाले विगत वर्ष झै यस वर्ष पनि उक्त दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गुरुपूर्णिमाका अवसरमा कार्यालय परिसरमा व्यास अवतरण दिवस मनाउने कार्यक्रम रहेको छ ।

सोमबार बिहान ६ः३० बजे नगरपालिका परिसरमा विविध कार्यक्रम गरि व्यास अवतरण मनाइने नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए ।

सोमबार नगरपालिका तथा नगरपालिका अन्तर्गतका कार्यालय, सामुदायिक एवं संस्थागत शैक्षिक संस्था, स्वास्थ्य संस्था (अत्यावश्यक सेवा बाहेक) र नगरपालिका मातहतका संघसंस्था बन्द रहने प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले जानकारी दिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker