रेडक्रसको घाँसीकुवा उपशाखामा नयाँ नेतृत्व चयन
भञ्ज्याङ समाचारदाता/दमौली

नेपाल रेडक्रस सोसाइटी घाँसीकुवा उपशाखाको शनिवार छैटौ अधिवेशन सम्पन्न गरिएको छ । उक्त अधिवेशनले आगामि दुइ बर्षको लागि राधाकुमारी पन्थको सभापतित्वमा नयाँ नेतृत्व चयन गरेको छ । उपशाखाको उपसभापतिमा विजया खनाल, सचिव विज्ञान कैनी, कोषाध्यक्ष हर्कबहादुर कार्की सर्वसम्मत निर्वाचित भएका छन् ।
त्यसैगरी उपसचिवमा श्यामकृष्ण लोहोनी, उपकोषाध्यक्षमा रमेशराज शर्मा, र महिला सदस्यमा इनकन खनाल चयन भएका छन् । ११ सदस्यीय समितिमा बाँकी चार जना सदस्यमा इ. दीर्घबहादुर थापा क्षेत्री, रामराज न्यौपाने, कृष्णचन्द्र पाण्डे, रुद्रनिधि नैनावस्ती रहेका छन् ।
नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाका उपसभापति एवं निर्वाचन अधिकारी ऋषिराम पोख्रेल, व्यास-१३ का वडाध्यक्ष तोत्रबहादुर कुँवर, नेरेसो गण्डकी प्रदेश प्राथमिक उपचार संयोजक कृष्णचन्द्र पाण्डे, स्थानीय वेदनाथ कैनी, पूर्व सभापति रुद्रनिधि नैनावस्ती, इनकन खनाल लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
सभापति दुर्गानिधि लोहोनीको सभापतित्वमा भएको छैटौ अधिवेशन तथा २४औ साधारण सभाले संस्थाको लेखापरिक्षण प्रतिवेदन तथा प्रगति प्रतिवेदन अनुमोदन गरेको सदस्य रामजी लामिछानेले जानकारी गराए ।










