भानु नगरपालिकाको कार्यपालिकाले पायो पूर्णता

भञ्ज्याङ न्यूज

तनहुँको भानु नगरपालिकाको कार्यपालिकाले पूर्णता पाएको छ । कार्यापालिकामा नेपाली कांग्रेसका सात र नेकपा एकीकृत समाजवादीका एक जना निर्वाचित भएसंगै पूर्णता पाएको हो ।

स्थानीय तह निर्वाचनमा सत्तारुढ दलबीच गठबन्धन नभएपनि कार्यपालिका सदस्यमा भने नेकपा एकीकृत समाजवादीले पनि एक जना सदस्य पाउन सफल भएको छ ।

दलित/अल्पसंख्यकतर्फनेकपा एकीकृत समाजवादीबाट राजु सुर्खाली कार्यपालिका सदस्यमा निर्वाचित भएका छन् भने नेपाली कांग्रेसबाट रविन भुजेल र धनबहादुर विक निर्वाचित भएका छन् ।

यस्तै, निर्वाचित वडा सदस्यबाट महिलातर्फ वृन्दा रानाभाट, प्रविना थापा, सावित्रा सुनार, सकिना खातुन र शान्ता लम्साल निर्वाचित भएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker