शुक्लागण्डकीमा मेशिनको फित्तामा बेरिएर एक मजदुरको मृत्यु

तनहुँको शुक्लागण्डकी नगरपालिकामा–२ साँखरस्थित न्यू श्रेष्ठ ब्लग उद्योगमा कार्यरत एक मजदुरको बुधबार बिहान मेशिनको फित्तामा बेरिएर मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी नगरपालिका–९ कञ्चनपुरका २१ वर्षीय केशव चौधरी रहेको प्रहरीले जनाएको छ ।

स्थानीयद्वारा चौधरीलाई मेशिनको फित्तामा बेरिएको देखेपछि तनहुँ सेवा हस्पिटलमा उपचारका लागि ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बेलचौतराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताए । चौधरी मेशिनमा एक्लै काम गर्दै रहेको उनले बताए ।

घट्नाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker