श्रमिक दिवसमा कोरोना सचेतना तथा स्वास्थ्य सामाग्री वितरण
भञ्ज्याङ समाचारदाता/दुलेगौंडा

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा ट्रेड युनियन काँग्रेस शुक्लागण्डकीले कोरोना भाइरस (कोभिड-१९) सम्बन्धी सचेतना तथा स्वास्थ्य सामाग्री वितरण गरेको छ । युनियनले शनिबार शुक्लागण्डकी-४, सडकमा हिड्ने पैदल तथा मोटरसाइकल, स्कुटरमा यात्रा गर्ने यात्रुहरुलाई मास्क तथा स्यानीटाइजर वितरण गरेको हो ।
ट्रेड युनियनमा आवद्ध शिक्षक, कर्मचारी तथा व्यवसायी सदस्यहरुलाई सावधानी अपनाउन सचेत गराउँदै नाई संघ, मेकानिकल संघ र शिक्षक संघका सभापतिहरुलाई ट्रेड युनियनका अध्यक्ष नारायण पोख्रेलले स्वास्थ्य सामाग्रीहरु प्रदान गरेका थिए । त्यस्तै, श्रमिकहरुको हकअधिकारका लागि आवाज बुलन्द हुनुपर्नेमा जोड दिइएका थिए । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेपाल विद्यार्थी संघ तनहुँका अध्यक्ष चुडामणी खनालले सरकारकै कारण कोरोना भाइरस तीब्र गतिमा फैलिएको आरोप लगाए ।
ट्रेड युनियन शुक्लागण्डकी अध्यक्ष नारायण प्रसाद पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा ट्रेड युनियनका केन्द्रीय सदस्य रसमाया गुरुङ, काँग्रेसका जिल्ला सदस्य भक्तबहादुर श्रेष्ठ, शिक्षक संघ शुक्लागण्डकीका अध्यक्ष नवराज लामिछाने, युनियनका उपाध्यक्ष देवी न्यौपाने, दाताराम अधिकारी लगायतले बोलेका थिए । कार्यक्रममा पाँच सय थान मास्क र ३ लिटर स्यानीटाइजर वितरण गरिएको बताइएको छ ।










