तनहुँका पाँच विपक्षी राजनीतिक दलहरु एक ठाउँमा, संयुक्त रुपमा संघर्ष गर्ने

भञ्ज्याङ न्यूज

तनहुँमा क्रियाशिल विपक्षी गठबन्धनमा आवद्ध दलहरु प्रतिनिधि सभा विघटन विरुद्ध एक ठाउँमा उभिएका छन् । नेपाली कांग्रेसको पार्टी कार्यालयमा आइतबार बसेको संयुक्त दलको बैठकले सशक्त ढंगबाट सरकारको कदमविरुद्ध लाग्ने निर्णय गरेको छ ।

कांग्रेस तनहुँका सभापति बैकुण्ठ न्यौपानेको सभापतित्वमा बसेको बैठकपछि कांग्रेस सचिव विश्व बाँस्तोला, माओवादी केन्द्र सचिव राजेन्द्रकेशरी न्यौपाने, माधव नेपाल पक्षीय एमाले तनहुँका अध्यक्ष शंकरनारायण श्रेष्ठ, जसपा सल्लाहकार कृष्णराज घिमिरे तथा राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष पुष्पलाल श्रेष्ठद्वारा जारी विज्ञप्तिमा प्रजातन्त्र तथा गणतन्त्र पुनःस्थापनाको आन्दोलनमासंगै लडेको प्रसँग कोट्याउँदै संविधान बचाउन सशक्त लड्ने प्रतिवद्धता जनाइएको छ।

संयुक्त प्रेस वक्तव्यमा कोभिड-१९ को दोस्रो लहरको संक्रमणले संसारभरिनै आक्रान्त पारेको र यस सन्दर्भमा नेपाल पनि अत्यन्त जोखिममा रहेको यस विषम् स्वास्थ्य संकटमा नेपाली जनताको लामो कठोर आन्दोलन, संघर्ष, त्याग र बलिदानबाट प्राप्त नेपालको संविधान माथि प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाको दोस्रोपटक विघटन गरी आघात पुर्‍याएको भनिएको छ ।

आफ्नो निरंकुस सत्ता लम्ब्याउने दुराशयबाट कोरोना संक्रमणको महामारीको भयाभह अबस्थाको विच आम निर्वाचन हुन नसक्ने यथार्थतालाई नजर अन्दाज गरी घोषणा गरिएको आमनिर्वाचनले देशलाई गम्भीर संकट तर्फधकेलिदिएको भन्दै जारी वक्तव्यमा यस्तो महामारीमा राजनीतिक जगत र सिंगो राष्ट्रलाई एकताबद्ध रुपमा अगाडि बढाउनु पर्नेमा जनप्रतिनिधि संस्थालाई विघटन गर्ने प्रधानमन्त्रीको अत्यन्तै असंवैधानिक र गैह्रजिम्मेवारपूर्ण कार्यले देश र जनताले झन बढी दुःख र कष्टको सामना गर्नुपर्ने स्थिति सिर्जना भएको भनिएको छ ।

२०४६ सालमा भएको प्रजातन्त्र पुनःस्थापनाको आन्दोलन र २०६२/०६३ को लोकतन्त्र, संघीयता र गणतन्त्र स्थापनाको आन्दोलन समेत संयुक्त आन्दोलनकै उपज भएको स्मरण गर्दै हामी तनहुँका क्रियाशिल राजनीतिक दल संविधान बचाउने अभियानमा सशक्त रुपमा जान फेरी पनि प्रतिबद्धता व्यक्त गर्दछौ जारी वक्तव्यमा भनिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker