तनहुँमा एम्बुलेन्स र मोटरसाइकल ठोकिदा ४ जना घाईते

पृथ्वीराजमार्ग अन्तरगत जिल्लाको व्यास नगरपालिका–१० कमलबारीमा सवारी दुर्घटनामा परी ४ जना घाइते भएका छन् ।

डुम्रेबाट दमौलीत।र्फ आउँदै गरेको प्रदेश २–०४–००१ प ०१४८ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट जाँदै गरेको ग१झ ४५८ नम्बरको एम्बुलेन्स एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा जिल्ला धनुषा मिथिला नगरपालिका–१० का ३९ वर्षीय मोटरसाईकल चालक रबिन कोइराला, एम्बुलेन्समा सवार स्याङजाको बिरुवा गाउँपालिका–८ का २३ वर्षीय अनित कुमार बि.क., सोही स्थानमा ४० वर्षीया मिठु कुमारी कामी र ८१ वर्षीय जर्सी कुमारी कामी रहेको जिल्ला प्रहरीले बताएको छ ।

घार्इते भएका चारै जनाको अवस्था मध्ययम रहेको र उपचारको लागि चितवन पठाइएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker