लमजुङमा जीप दुर्घटना, १९ यात्रु घाइते

लमजुङको बेँसीसहर नगरपालिका ६, मकैडाँडामा यात्रुबाहक जीप दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । बेँसीसहर नगरपालिका ६ को सारिङबाट बेँसीसहरतर्फ आउँदै गरेको ग१ज ८५५१ नम्बरको जीप आइतबार बिहान सवा ११ बजेतिर मकैडाँडामा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर घाइते भएका यात्रुहरूको बेँसीसहरस्थित लमजुङ अस्पतालमा उपचार भइरहेको लमजुङ प्रहरी प्रमुख डीएसपी निशान्त श्रीवास्तवले जानकारी दिए । घाइतेमध्ये तीन जनालाई चितवन रिफर गरिएको उनले जानकारी दिए ।

घाइतेहरूको अवस्था सामान्य रहेको पनि श्रीवास्तवले जानकारी दिए । गम्भीर घाइते कोही पनि नरहेको उनको भनाइ छ । घाइतेहरूको हात, पाखुरा, खुट्टासहित शरीरका अन्य भाग र केहीको टाउकोमा पनि चोट लागेको बताइएको छ । टाउकोमा चोट लागेका ३ जनाको सीटी स्क्यानका लागि चितवन रिफर गरिएको श्रीवास्तवले बताए ।

जीप ओरालो सडकको मोड काट्न नसकेर भित्तमा गएर ठोक्किन पुगेको प्ररम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker