नेपाल पब्लिक क्याम्पसको बैठक दमौलीमा हुने
भञ्ज्याङ समाचारदाता (दमौली)

नेपाल पब्लिक क्याम्पस संघको केन्द्रीय बैठक दमौलीमा बस्ने भएको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामि चैत्र २७ गते दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसमा केन्द्रीय परिषद्को बैठकले गर्ने बताइएको छ । संघका केन्द्रीय अध्यक्ष शिवराज सञ्जेलको अध्यक्षतामा काठमाडौंमा बसेको बैठक दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसमा देशभरका संघका जिल्ला संयोजक र जिल्ला सचिव, प्रदेश समिति, केन्द्रिय समिति र पूर्व पदाधिकारीहरु सहमागी हुने गरी बैठक गर्ने निर्णय गरेको बताइएको छ ।
उक्त बैठकमा मुलुक भरका करिव २०० सामुदायीक क्याम्पसहरुको प्रतिनिधत्व हुने गण्डकी प्रदेश अध्यक्ष एवं आदिकवि भानुभक्त क्याम्पसका क्याम्पस प्रमुख महाप्रसाद हडखलेले जानकारी गराए ।










