पहिरोले पाइपमा क्षति पुग्दा भादगाउँमा छ दिनदेखि खानेपानी अवरुद्ध

ब्यासनगरपालिका–१ स्थित भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले वितरण गर्दै आएको पानी अवरुद्ध भएको पाँच दिन बित्दा पनि सञ्चालन हुन सकेको छैन । सदरमुकाम दमौलीदेखि करिब १३ किलोमिटर दूरीमा पर्ने ब्यासनगरपालिका–१३ खिरखाँदीबाट ल्याएको खानेपानीको पाइप सोही वडास्थित धारापानीमा ठूलो पहिरा खस्दा अवरुद्ध भएकाले पानी सञ्चालन हुन नसकेको हो ।

गत भदौ १७ र १८ गते दुई दिन परेको अविरल वर्षापछि उक्त स्थानमा डाँडो नै खसेर क्षति हुँदा अस्थायी रूपमा पानी सञ्चालन गर्न प्रयास भइरहेको समितिका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिनुभयो । पहिराले क्षति भएको स्थानहरूमा पाइप जडान गर्ने कार्य गरिए पनि पानी नझरेकाले अझै मर्मत गर्नुपर्ने देखिएको उहाँले बताउनुभयो ।

पहिराले खानेपानीको पाइप बगाएर सेतीनदी किनारसम्म पुराएकाले पानी आपूर्तिमा कठिनाइ हो । डोजरले पनि पल्टाउन नसक्ने किसिमका ठूलाठूला ढुङ्गा थुपारेका कारण अस्थायी रूपमा भए पनि पोलिथिन पाइपको प्रयोग गरी पानी सञ्चालन गर्न प्रयास थालिएको हो ।

पहिराले खानेपानीको २०० एमएम ६५ मिटर जीआई पाइप बगाएर क्षति हुँदा करिब पाँच लाख बराबरको क्षति भएको खानेपानी संस्थाले जनाएको छ । उक्त खिरखाँदीको मुहानबाट ल्याइएको पानीको क्षमता प्रतिसेकेन्ड नौ लिटर क्षमता रहेकामा पहिराले बगाएर अवरुद्ध हुँदा पानी वितरणमा समस्या देखिएको छ ।

उक्त खानेपानी संस्थाले ब्यासनगरपालिका–१ र १२ वडाका करिब दुई हजार ५०० घरधुरीमा पानी वितरण गर्दै आएको समितिका सचिव राजेश्वर हड्खलेले बताउनुभयो । पहिराले क्षति बनाएपछि अस्थायी रूपमा पोलिथिन पाइप प्रयोग गरेर भए पनि चाँडो पानी सञ्चालन गर्न समितिले छलफल गरी निर्माण अघि बढाएको हो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker