मादी नदीमा पुल निर्माणस्थल

पृथ्वीराजमार्ग अन्तर्गत दमौलीको मादी नदीमा आधुनिक डिजाइनको चार लेनको पुल निर्माण स्थलको अवलोकन गर्दै प्राविधिकहरु । ३१५ मिटर लम्बाई २३ मिटर चौडाइको पुल नेपालकै पहिलो चार लेनको पुल निर्माण हुने निर्माण कम्पनी एयनकेओ कन्ट्रक्सनले जनाएको छ । १ अरव २२ करोड रुपैयाँको लागतमा दायाँबायाँ फुटपाथ सहितको पुल तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी पुलको डिजाइन अन्तिम चरणमा पुर्याइएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ










