भानु नगरपालिकामा आँखा उपचार केन्द्र सञ्चालनको सम्झौता

भञ्ज्याङ समाचारदाता/भानु

तनहुँको भानु नगरपालिकामा आँखा उपचार केन्द्र सञ्चालनका लागि सम्झौता गरिएको छ । भानु-२ नारेश्वरटारस्थित आधारभूत स्वास्थ्य केन्द्रमा आँखा उपचार केन्द्र सञ्चालनको तयारी गरिएको हो ।

केन्द्र सञ्चालनका लागि नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पताल चितवन र नगरपालिकाबीच सम्झौता भएको छ । सम्झौतापत्रमा नगरपालिकाका तर्फबाट नगर प्रमुख आनन्दराज त्रिपाठी, प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेल र स्वास्थ्य शाखाका प्रमुख ऐश्वर्यचन्द्र भट्टराइ र नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पतालका तर्फबाट अध्यक्ष जयराम श्रेष्ठ, उपाध्यक्ष तेजेन्द्र खड्का र बाहृय कार्यक्रम संयोजक रमेश घिमिरेले हस्ताक्षर गरेका छन् ।

आँखा उपचार केन्द्रलाई प्रभावकारी एवं गुणस्तरीय रूपमा सञ्चालन गर्नका लागि आठ सदस्यीय सहयोग समिति गठन गरिने नगर प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो । सम्झौतापत्रमा आँखा उपचार केन्द्रका लागि भवन उपलब्ध गराउने, प्रचारप्रसारको जिम्मा र आँखा स्वास्थ्य सेवाको विस्तार नगरपालिकाले गर्नुपर्ने जनाइएको छ ।

आँखा उपचार केन्द्र सञ्चालनका लागि आवश्यक औजार उपकरण, औषधी, चस्मा, लेन्स तथा अन्य स्टेसनरी सामग्री तथा मर्मतसम्भार, आवश्यकता अनुसार कम्तीमा वर्षको एकपटक निःशुल्क आँखाको अप्रेसनसहितको आँखा शिविर सञ्चालन नेत्रज्योति संघले गर्ने सम्झौतामा उल्लेख छ ।

‘आँखा उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्यका लागि भानुमै उपचार केन्द्र स्थापना गर्न लागिएको हो’, नगरप्रमुख त्रिपाठीको भने, ‘यहाँका सर्वसाधारण आँखा परीक्षणका लागि दमौली, चितवन जानुपर्ने बाध्यता थियो, अब यहीँ सेवा पाउनेभएपछि सहज हुनेछ ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker