राजमार्ग सडक विस्तार

पृथ्वीराजमार्ग विस्तार कार्यक्रम अन्तरगत तनहुँको आँवुखैरेनी-जामुन खण्ड विस्तारका लागि सडक चौडा गर्ने काम गरिदै । विसं २०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको छ । ८० किलोमिटर सडकलाई दुइ खण्डमा विभाजन गरी पहिलो चरणमा आँबुखैरेनी-जामुने पूर्वी खण्डको ४१.४५ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले सडक विस्तारको काम सुरु गरेको छ । जामुने-पोखरा पश्चिम खण्डको ३९ किलोमिटरको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ










