व्यासद्वारा ५२ गर्भवतीलाई पोषणभत्ता उपलब्ध

रासस

दमौली : व्यास नगरपालिकाले चालु आर्थिक वर्षमा ५२ जना गर्भवतीलाई पोषणभत्ता उपलब्ध गराएको छ । नवजात शिशु र आमा दुवैको स्वास्थ्य स्याहार र सुरक्षाका लागि नगरपालिकाले गर्भवतीलाई पोषणभत्ता उपलब्ध गराएको हो ।
नगरपालिकाभित्रका सरकारी स्वास्थ्य संस्थाबाट कम्तीमा तीनपटक (४, ६ र ८ महिना) गर्भ परीक्षण गरेका महिलालाई आठ महिनामा मातृ शिशुकार्डका आधारमा रु पाँच हजारका दरले प्रोत्साहन रकम उपलब्ध गराइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार ५२ जनालाई रु दुई लाख ६० हजार प्रोत्साहन रकम वितरण गरिएको छ ।
सरकारी स्वास्थ्य संस्थामा गर्भजाँच गराउन र सुत्केरी सेवा लिन आकर्षित गराउने उद्देश्यसहित सुत्केरीलाई पोषणभत्ता दिइएको उपप्रमुख इन्दिरा दरैले बताउनुभयो । उहाँका अनुसार गर्भवतीको नियमित स्वास्थ्य परीक्षण नगरी घरमै शिशु जन्माउँदा आमा र शिशु दुवैको स्वास्थ्यमा समस्या पर्ने भएकाले यसको अन्त्यका लागि भत्ता उपलब्ध गराउन थालिएको हो । ‘महिलासँग उपमेयर कार्यक्रम’अन्तर्गत नगरभित्र सरकारी स्वास्थ्य संस्थामा जाँच तथा सुत्केरी सेवा लिनेलाई पोषणबापत भत्ता दिइने उहाँको भनाइ छ ।
गर्भवतीलाई समयसमयमा गर्भ परीक्षण गरी शिशु मृत्युदर न्यूनीकरणमा प्रोत्साहित गर्ने उद्देश्यले प्रोत्साहन पोषण रकम दिने नीति सुरु गरिएको दरैले बताउनुभयो । उहाँले भन्नुभयो, “घरमा सुत्केरी गराउँदा पोषणको कमी हुँदा आमा र शिशुको स्वास्थ्यमा असर पर्ने भएकाले सचेतनाका लागि कार्यक्रम सञ्चालन गरेका हौँ ।” यसैबीच, नगरपालिकाले चालु आर्थिक वर्षमा ६० जना ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरेको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker